प्रवासीलाई ‘जनावर’ को संज्ञा

SHARE:

वासिङटन । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आएका केही प्रवासीलाई ‘जनावर’ को संज्ञा दिएका छन् ।

ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उनले अमेरिकाको प्रवासी कानुन काम नलाग्ने भन्दै आलोचनासमेत गरेका छन् । कानुनको कमजोरीका कारण अमेरिकामा अनावश्यक प्रवासीहरु बढेको उनको भनाइ थियो ।

ट्रम्पले योग्यताका आधारमा मात्र मानिसहरुलाई अमेरिकामा शरण दिनुपर्ने तर्कसमेत गरे । मेक्सिको र क्यालिफोर्नियाका अधिकारीहरुको आलोचना गर्दै उनले अमेरिकाको प्रवासी सम्बन्धी कानुनलाई मजबुत बनाउने दावी गरे ।

क्यालिफोर्नियाको कानुनले लागू औषध कारोबारी, विभिन्न गिरोहका सदस्य, हिंस्रक लुटेरालाई समेत आश्रय दिने गरेको उनको भनाइ थियो ।

अमेरिकामा आउन चाहने धेरै मानिसलाई आफूहरुले रोक्ने गरेको बताउँदै ट्रम्पले भने, ‘तपाई विश्वास गर्नुहुन्न कि उनीहरु कति खराब छन्, उनीहरु यति खराब छन् कि ती मानिस होइनन्, जनावर हुन् ।’ (एजेन्सी)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!