एनआरएनए यूकेका निर्वाचन आयुक्तहरु सम्मानित

SHARE:

एटा संवाददाता
लण्डन । एनआरएनए यूकेले केहि महिनाअघि सम्पन्न निर्वाचनका आयुक्तहरुलाई सम्मान गरेको छ । निवर्तमान र वर्तमान कार्यसमितिका तर्फबाट संयुक्त रुपमा शुक्रबार १७ जनवरी सांझ फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र निवर्तमान कार्यसमिति अध्यक्ष योगकुमार फगामीले सम्मानपत्र र मायाको चिनोसहित आयुक्तहरुलाई सम्मान गरेका थिए । सो अवसरमा एनआरएनए यूकेको गत सेप्टेम्बरमा सम्पन्न निर्वाचनका प्रमुख निर्वाचन आयुक्त मेजर डमर घलेले थुप्रै चुनौति र जोखिमहरुकाबीच पनि निर्वाचन समितिले निश्पक्ष र स्वच्छ निर्वाचन सम्पन्न गर्न सफल भएको स्मरण गरे । साथै, उनले, डेढ दशकको इतिहासमा यति धेरै चुनौतिपूर्ण निर्वाचन यसअघि कहिल्यै नभएको बताए ।

निर्वाचन समितिका उपप्रमुख एवं प्रवक्ता शिवजी श्रेष्ठले कुनै बदमासी र पूर्वाग्रहविना निर्वाचन सम्पन्न गर्न सक्दो प्रयास गरिएको बताए । निर्वाचन समितिले सबैतिरबाट गाली खाइएको स्मरण गर्दै उक्त निर्वाचनलाई बिर्सिएर सबैले वर्तमान कार्यसमितिलाई सहयोग गर्नुपर्नेमा श्रेष्ठको जोड थियो । त्यस्तै, अर्का निर्वाचन आयुक्त मेजर कृष्ण गुरुङले निर्वाचनको प्रक्रियामा हारजीत स्वभाविक हुने भएकाले चुनावी वैमनस्यता हटाएर संस्थाको हितका लागि एकठाउँमा आउन सबैलाई आव्हान गरे । एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले गत निर्वाचनमा निर्वाचन समितिले निभाएको भुमिकाको आफुहरुले उच्च मुल्यांकन गरेको बताइन् ।

निवर्तमान अध्यक्ष एवम् आइसिसी सदस्य योगकुमार फगामीले निर्वाचनको तयारीदेखि सम्पन्न गर्नसम्ममा निकै ठूलो समय र शक्ति लगानी भएको स्मरण गरे । निर्वाचन समितिलाई आफ्नो कार्यसमितिले दिएको कठिन जिम्मेवारी पनि कुशलातापूर्वक पूरा गरेकोमा धन्यवाद दिए ।

एनआरएन यूकेका पूर्व अध्यक्ष सुर्य गुरुङले गत निर्वाचनको क्रममा डुब्नै लागेको संस्थालाई निर्वाचन समितिले सफलतापूर्वक किनारा लगाएको भन्दै प्रशंसा गरे ।

एनआरएन यूके महासचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेको कार्यक्रममा उपस्थित हुन नसकेका निर्वाचन आयुक्तहरुलाई समितिका प्रमुख र उपप्रमुखमार्फत सम्मानपत्र तथा मायाको चिनो वितरण गरिने बताइएको छ । निर्वाचनपछि लामो समयसम्म निर्वाचन समितिका प्रमुख आयुक्त घले नेपालमा रहेका कारण सम्मान कार्यक्रम आयोजनामा ढिलाई गरिएको थियो ।

कार्यक्रममा एनआरएन अभियन्ता थर्क सेन, आइसिसी सदस्य सुरोज मास्के, एनआरएन यूके उपाध्यक्ष सुनिलबाबु खड्का, सचिवद्धय जीत रानाभाट र रञ्जिता मल्ल, प्रवक्ता रामकुमार गुरुङ, सदस्य प्रकाश कँडेल लगायतका कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!