फुकुओका । नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको दोस्रो अधिवेशन आउँदो मे २६ तारिख शनिबार हुने भएको छ ।
झण्डै एक वर्षअघि स्थापित यस संस्थाले अधिवेशनमार्फत एक वर्षे कार्यकालको समीक्षाका साथै नयाँ कार्यसमिति चयन हुनेछ । अधिवेशनले आगामी वर्षको लागि कार्ययोजना पनि तय गर्नेछ ।

फुकुओका शहरमा एक भव्य समारोहको बीच साँझ ७ बजेबाट हाकाता सिमिन सेन्टरमा हुने समारोहमा एनआरएन क्युसु, फुकुओका नेपाल सोसाइटी, हामी नोपाली हाम्रो नेपाल अभियान लगायत फुकुओकामा रहेका विभिन्न संघ, संस्थाका प्रतिनिधि, व्यावसायी र सञ्चारकर्मीहरुलाई आमन्त्रण गरेको क्लबले जनाएको छ ।






