नगेन्द्रराज नेम्वाङ्ग
सन् २७० फेब्रुअरी १४ मा एक ऐतिहासिक घटना घट्छ रोममा । त्यहाँ त्यो बेला एक जना राजा थिए युद्ध पिपासु राजा, उसको नाम क्लाउडिएस । उनी युद्ध पिपासु भएकोले जसरी पनि रोमको एम्पायरलाई शक्तिशाली बनाउनु थियो । त्यसको लागि सेनाको आवश्यकता हुन्थ्यो । लगातार उनको आर्मीमा नयाँ नयाँ रेक्रुटहरु भर्ती भइरहनुपथ्र्यो । किनभने युद्ध भइरहन्थ्यो । युद्ध भइरहँदा दिनदिनै युवाहरु मारिन्थे ।
मारिएका युवाहरुको रिप्लेसमा नयाँ सेना भर्ती गरिएन भने सेना घट्छ । सेना घट्यो कि अर्को देशले हमला गरिहाल्छ । त्यसकारण राजा क्लाउडिएसको एउटै चिन्ता के थियो भने सेनालाई बढाइराख्ने जसरी पनि । युद्ध धेरै भएपछि युवाहरु धेरै मरेपछि कतिपय युवाहरु सेनामा भर्ती हुन मान्दैनमान्ने । खासगरी विवाहित भएपछि झनै नमान्ने ।
त्यसकारण युवाहरु सेनामा जानु अगाडि बिहे गर्न थाले । बिहे गरेन भने सेनामा जान बाध्य पारिदिन्थे । बिहे गर्नेको संख्या बढ्दै गए । राजाले थाहा पायो युवाहरुले बिहे गरेको कारण सेनामा आउन छोड त्यसपछि राजाले बिहे अथवा लगनगाँठो इन्गेजमेन्ट गर्न प्रतिबन्ध लगाए । आर्मीको संख्या बढाउनका लागि राजाको आदेशपछि कसैले पनि बिहे गर्न सकेन ।
तर त्यहीबेला एक जना पादरी जसको नाम थियो, भेलेन्टाइन । पादरीको काम नै अरुलाई बिहे गराइदिनु । उनलाई युद्ध गर्नुभन्दा प्रेम गर्न ठूलो लाग्छ । राजालाई प्रेमभन्दा युद्ध ठूलो लाग्छ । राजाको कोणबाट युद्ध हुनुपर्छ पादरीको कोणबाट प्रेम हुनुपर्छ । पादरीले राजाबाट प्रतिबन्ध लगाएको बिहे लगनगाँठोलाई खुसुक्क लुकिलुकि युवाहरुलाई बिहे गराइदिन्थे । विस्तारै यो समाचार फैलियो । यो समाचार राजाले थाहा पाउँछ । त्यसपछि राजाले आदेश छाड्छ पादरीलाई गिरफ्तार गर्न ।
पादरीलाई गिरफ्तारपछि शारीरिक यातना दिँदै रोमको सडकै सडकमा पिट्दै घिसार्दै जेल चलान त्यसपछि अन्ततः घाँटी चट्ट काटेर मृत्युदण्डमा समाप्त हुन्छ । भेलेन्टाइनको मृत्युदण्ड दिन अगाडि उनलाई जेलमा थुनियो । एउटा कहानी उनलाई मेरिजसँग जोडियो । अर्को कहानी भेलेन्टाइनलाई जेलमा राखेको बेला राजाको आदेशअनुसार मृत्युदण्ड त दिने नै भयो ।
त्यही मृत्युदण्ड कुरिरहेको बेला एकजना जेलरको छोरीलाई पादरीप्रति आस्था जागियो । श्रद्धा जागियो । सबैलाई प्रेम गराइदिने पवित्र पादरी भनेर जेलरको छोरी पादरीसँग प्रेममा पर्छ । जबकि पादरी मारिँदैछ थाहा छ ।
अब यो प्रेम कहिल्यै बिहेमा परिणत हुँदैन । त्यो पनि थाहा छ । तर प्रेमलाई कसले रोक्न सक्छ । अन्तिम दिनमा उसलाई मारिने दिनमा भेलेन्टाइनले एउटी चिठी लेखेर त्यो केटीलाई ठम्याइदिन्छ । चिठीमा लेखिएको हुन्छ
Your Valentine
यहाँबाट हामीले बुझ्नु पर्ने भेलेन्टाइनको अर्थ जसले पवित्र प्रेम गर्छ । किनकि त्यहाँ बिहे हुने कुनै चान्स थिएन । तैपनि प्रेम गरे । त्यसलाई भेलेन्टाइन भनिन्छ । यहाँनिर दुई वटा कहानी छ, एउटा बिहेको र अर्को भ्यालेन्टाइनको ।
प्रेमको कहानी
त्यसैले भ्यालेन्टाइन सारा संसारले चिन्ने अमर पात्र बने । पछि उनलाई सहिद भनेर घोषणा गरे, सन्त भनेर घोषणा गरे । Qm. Valentine, Mattar Valentine भनेर घोषणा गरे । औपचारिक रुपमा भेलेन्टाइनको सन्देश बिहेमा होइन प्रेममा बुझ्नु हो । Unconditional Love यसपालिको भेलेन्टाइनको शुभकामना
सबैको प्रेम अमर रहोस्
साभार – डा. योगी विकाशाननदको प्रवचनबाट






