अनेसास यूकेद्वारा महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती मनाइने, प्रमुख अतिथि नातिनी

SHARE:

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती समारोह आयोजना हुने भएको छ।

समारोहमा महाकवि देवकोटाकी नातिनी, अनेसास नेपाल च्याप्टरकी अध्यक्ष तथा साहित्यकार मञ्जिला अनिल प्रमुख अतिथिका रूपमा सहभागी हुने छिन्। कार्यक्रम ७ नोभेम्बर २०२६ मा यूके समयअनुसार १२ देखि ३ बजेसम्म जुममार्फत हुने छ ।

कार्यक्रममा महाकवि देवकोटाको साहित्यिक योगदान, पारिवारिक जीवन तथा बहुआयामिक व्यक्तित्वबारे चर्चा गरिनुका साथै अन्तरक्रियासमेत हुने अनेसास यूकेका अध्यक्ष राज श्रेष्ठले जानकारी दिए ।

अनेसास यूकेले नेपाली साहित्यप्रेमी, साहित्यकार तथा सम्पूर्ण साहित्य अनुरागीहरूलाई समारोहमा सहभागी भई कार्यक्रम सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!