एनआरएनए यूके अध्यक्ष पुनम गुरुङद्वारा नेकपा अध्यक्ष प्रचण्ड लगायतसँग भेटवार्ता

SHARE:

गैर आवासीयलाई नागरिकता निरन्तरताको माग
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी अध्यक्ष पुनम गुरुङले  पूर्वप्रधानमन्‍त्री एव‌ं नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गरेकी छन् ।

गैरआवासीय नेपालीको नागरिकता निरन्तरता, भूपू गोर्खा सैनिकको मुद्दा र विदेशबाट पनि मतदान पाउनुपर्ने माग राखी उनले बुधबार अध्यक्ष प्रचण्डलाई भेटेकी हुन् । भेटमा आफूहरुले राखेका एजेन्डामा अध्यक्ष प्रचण्ड सकारात्मक देखिएको अध्यक्ष गुरुङले बताएकी छन् ।

राजनीतिक अधिकारबाहेक एनआरएनको नागरिकता निरन्तर रहने, भूपू गोर्खा सैनिकले उठाएको मुद्दामा नेकपा जहिले साथ रहने र प्रवासबाटै मतदान गर्ने प्रक्रियाबारे छलफल चलिरहेको अध्यक्ष प्रचण्डले बताएका थिए ।

अध्यक्ष गुरुङले बुधबार नै राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठसँग पनि भेट गरेकी थिइन् । भेटमा अध्यक्ष गुरुङले एनआरएनले प्राप्त गर्ने नागरिकताको मोडालिटी र नागरिकता विधेयक संसदमा प्रस्तुत हुन किन ढिलो भएको हो भनी जिज्ञासा राखेकी थिइन् । एनआरएनएले प्राप्त गर्ने नागरिकतबारे कुनै विवाद नरहेको राज्य व्यवस्था समितिकी अध्यक्ष श्रेष्ठले बताएको उल्लेख गर्दै अध्यक्ष गुरुङले भनिन्, ‘नागरिकता विधेयक एनआरएनएका कारण संसद्मा प्रस्तुत हुन ढिलो भएको होइन रहेछ ।’

त्यस्तै महिला बालिबालिका तथा जेष्ठ नागरिकमन्त्री पर्वत गुरुङ, समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायतका नेतासँग पनि अध्यक्ष गुरुङले भेट गरिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!