ज्ञाम गुरुङ
लन्डन । चार भञ्ज्याङ्ग तमु समाज यूकेले नेपालको पर्वत जिल्लामा निर्मित टेलिमेडिसिन क्लिनिकको सहयोगार्थ च्यारिटी कार्यक्रम आयोजना गरेको छ ।

गत शनिबार २२ फेब्रुअरीका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको बेलायतमा बसोबास गर्ने पर्वतेका साथसाथै नेपाली समुदायका अगुवाहरुको विशेष उपस्थिति रहेको थियो ।
करिब ३०० जना उपस्थिति रहेको कार्यक्रमलाई प्रमुख अतिथि डा.सुवेदी, समाजका संरक्षक नारायण कोन्मे गुरुङ र समाजका अध्यक्ष मदन गुरुङले संयुक्त रुपमा दीपप्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । सो अवसरमा समाजका उपाध्यक्ष कृष्णबहादुर गुरुङले उपस्थित पाहुनाहरुलाई स्वागत गरेका थिए ।
सल्लाहकार नारायण कोन्मे गुरुङले कार्यक्रमको औचित्यबारे जानकारी दिइएको कार्यक्रममा हन्स्लो बरोका काउन्सिर बिष्णु गुरुङ, तमुधिं अध्यक्ष नन्दजंग गुरुङ र स्वीन्फेन च्यारिटीवल ट्रष्टको तर्फबाट हनरेवल अलवेरा मायोले चारभञ्ज्याङ तमु समाजले गर्दै आएको कल्याणकारी कामको प्रशंसा गर्दै शुभकामना मन्तव्य दिएका थिए ।
त्यस्तै, प्रमुख अतिथि डा.सुवेदीले भूकम्पको बेलामा होस् वा बाढीपहिरोमा, शिक्षाको क्षेत्रमा होस् वा स्वास्थ्यको क्षेत्र अर्थात् टेलिमेडिसिन क्लिनिकमार्फत नेपालमा पुर्याउँदै आएको योगदान उदाहरणीय कार्य भएको बताउँदै अरु समाजले पनि चारभञ्ज्याङबाट धेरै कुरा सिक्नु पर्नेमा जोड दिए । साथै, उनले नेपला भ्रमण वर्ष २०२० को लागि नेपाल सुरक्षित गन्तव्य रहेको र सबै स्वदेशी तथा विदेशी पाहुनाहरुलाई नेपाल भ्रमण गर्न अनुरोध गरे ।
कार्यक्रममा समाजमा योगदान पुर्याउँदै आएका ओमप्रसाद गुरुङलाई सम्मान गरिएको थियो । सो अवसरमा उनलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान समेत गरिएको थियो । त्यस्तै, हालै ग्रेज्यूएसन गरेका नानीहरु सौगात गुरुङ र श्रद्धा गुरुङ, सहयोगी श्रीमती भिक्टोरिया जोन्सन, नेपालबाट बेलायत आएका धर्मगुरुहरु खेन्पो दशरथ गुरुङ, हित लामा, कलाकारहरु प्रकाश गुरुङ र सन्ध्या बुढा (काउली बूढी) लाई सम्मान गरेका थिए ।
साथै, कार्यक्रममा समाजका आमा समूहले सहभागी भएका अतिथि र च्यारिटीलाई सहयोग गर्ने विभिन्न व्यक्ति र संघसंस्थाका पदाधिकारीहरुलाई
खादाद्वारा स्वागत र सम्मान गरेका थिए ।
विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा समाजका नानीहरुको नृत्य र नेपालबाट आएका कलाकारद्वय प्रकाश गुरुङ तथा काउली बुढीको प्रस्तुतिले थप मनोरञ्जनपूर्ण बनाएको थियो ।
कार्यक्रममा तमुधिं यूकेका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, उपाध्यक्षहरु, सल्लाहकारहरु लन्डन, ओकिङ्ग , साउथ ईष्ट लन्डन प्लमस्टिडका अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिहरु, तमु प्ये ल्हु संघ यूकेका उपाध्यक्ष, सहारा यूकेका अध्यक्ष, उपाध्यक्ष, सहारा एफसीका चेयरमेन, बुद्धिष्ट कम्युनिटी यूकेका अध्यक्ष तथा उपाध्यक्ष, सल्लाहकारहरु, वुद्धिष्ट गुम्बा रेडिङ्ग परिवार, थाउजेन्ट गुम्बा रेडिङ युके, कोल्मा बाहाकोट समाज यूके, सोपाल समाज यूके, पैयुँखेला तमु समाज, मर्दिखोला समाज यूके, गोर्खा जिल्ला गुरुङ समाज यूके, ईभरग्रिन गु्रप बेजिङ्गस्टोक, एनआरएनए यूके, दुर्लुङ्ग समाज यूके, पर्वत वेलफेयर सोसाईटी यूके, कोन्मे घोताने घोन्डे परिवार यूके, पिआर यु टिम यूके, स्विन्फेन च्यारिटी ट्रष्ट यूके टिम, नेपाली दूतावासलडनका थर्क सेक्रेटरी तेजेन्द्र रेग्मी, श्रीमती पुनम राज्यलक्ष्मी सुवेदी, सहयोगदाता, ज्वाइँचेली तथा पत्रकार फोटोग्राफर मिलन तमु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापनमा समाजका अध्यक्ष मदन गुरुङले उपस्थितिका लागि सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै संस्थाका संरक्षक, पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, आमा समूह, चेलिवेटी, सहयोगदाता, पिपल मोर्गेजका सूर्य गुरुङ, राफल ड्रका स्पोन्सर्स, चेलीबेटीहरु, अप्सरा र नर गुरुङ, डिजे साउण्ड सिस्टम तथा खाना उपलब्ध गराउने एम्पायर हल, वरिष्ठ फोटो पत्रकार मिलन तमु, प्रमुख अतिथि, विशिष्ट पाहुनाहरु र संघसंस्थामा अध्यक्ष तथा प्रतिनिधिहरु, नृत्य प्रस्तुत गर्ने नानीहरु, नेपालबाट आएका कलाकारहरु, कल्चर सेक्रेटरी बुद्ध घले, राफल ड्र संयोजक लालकाजी गुरुङ तथा नर गुरुङ, संयोजक वेन गुरुङ तथा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे ।
समाजका अध्यक्ष मदन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई समाजका महासचिव युवन गुरुङले औपचारिक कार्यक्रम र बुद्ध घले तथा सन्तोषी गुरुङले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।






