अल्डरसट इम्पावरमेन्ट ईभेन्ट इन्भेष्टमेन्टमा केन्द्रित, थमस रिगको विशेष प्रस्तुति

SHARE:

एटा संवाददाता
लन्डन । करिब एक वर्षदेखि अल्डरसटमा क्रियाशील अल्डरसट इम्पावरमेन्ट ग्रुपले फाइनान्सीयल इन्भेष्टमेन्टमा केन्द्रित एक ईभेन्टको आयोजना गरेको छ ।

गिल्फोर्डस्थित सेन्ट जेम्स वेल्थ म्यानेज्मेन्टका एडभाईजर थमस रिगले इन्भेष्टमेन्टमा केन्द्रित विशेष प्र्रस्तुति दिएका हुन् । गत २१ फेब्रुअरी शुक्रबार साँझ अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरिएको हो । इम्पावरमेन्ट ग्रुपले छैटौं ईभेन्टको रुपमा आयोजना गरेको कार्यक्रममा फाइनान्सीयल इन्भेष्टमेन्टअन्तर्गत रिटार्यडमेन्ट प्लान, ट्याक्स, इन्भेष्टमेन्ट, पेन्सन लगायत विषयमा जानकारी दिएका थिए । उनले व्यवस्थित रुपमा कसरी लगानी गर्ने भन्ने बारेमा अत्यन्त सरल ढंगले पावर पोइन्ट प्रिजेन्टेशन गराएका थिए ।

कार्यक्रममा गोर्खा वेलफेयर ट्रष्टका क्याप्टेन ग्यारी घलेले एडभाईजर थमस रिगको बारेमा जानकारी गराएका थिए भने माउसटेल वेभ सर्भिसेस्का मान गुरुङले हेल्थ एण्ड सेफ्टी सँगसँगै कार्यक्रमको रुपरेखाबारे जानकारी दिएका थिए ।

इभेन्टमा स्थानीय नेपाली उद्यमी, व्यापारी लगायत विभिन्न व्यक्तिहरुको सहभागिता थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!