हाम्रा संवाददाता ।
लण्डन । गत फेब्रुअरी २२ शनिबार पोखराको नदीपुरमा सम्पन्न भएको सातौ नदीपुर क्लब स्तरीय भलिबल प्रतियोगीतामा पुरुष भलिबलको उपाधी ग्रीनविच भलिबल परिवार लन्डन युकेले जित हासिल गरेको छ । युवाहरुको शारीरिक र मानसिक बिकास गर्ने हेतुले स्थापना भएको सो भलिबल टिमका कप्तान रोशन गुरुङको नेतृत्वमा सहभागी भएको ग्रीनविच टिमले फाईनल खेलमा प्रतियोगिताको अर्को दाबेदार टिम घान्द्रुक क्लबलाई २५–२२, २२–२५,२५–२१,२५–२३ को सोझो सेटमा हराउँदै ग्रीनविच भलिबल परिवार लन्डन च्याम्पियन बनेको हो ।
५ दिन लामो सो प्रतियोगितामा महिला भलिबल र प्रौढ भलिबल प्रतियोगिता पनि भएको थियो । ग्रीनविच भलिबल परिवारका टिम संयोजक तथा क्लबका वर्तवान अध्यक्ष रबिन्द्र रोका मगरले जानकारी गराएअनुसार ५ दिने प्रतियोगिताको बिजेता टिमले नेपाली १ लाख रुपैया नगद प्राप्त गर्नुका साथै सर्वोकृष्ट खेलाडीले आकर्षक ट्रफि हात पारेका छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बिजेता टिमका मिलन चन्द ठकुरी चुनिए भने बेष्ट सटरको उपाधी सोही टिमकै मनोज खड्का बनेका थिए ।
त्यसैगरी आउँदो ३० मे २०२० का दिन हुनलागेको दोस्रो ग्रीनविच भलिबल प्रतियोगितामा युकेभरका सबै नेपाली भलिबल टिमलाई सहभागिताको लागि आग्रह गरेका छन् ।






