एनआरएनए यूकेले अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै

SHARE:

एटा संवाददाता
लन्डन । एनआरएनए यूकेले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ । ‘ईच फर इक्वाल’ नाराका साथ विश्वभर मनाउन लागिएको नारी दिवस आउने आइतबार ८ मार्चका दिन लन्डन, रोयस्लीपस्थित भेन्यू”फाईभमा मनाउन लागिएको हो ।

एनआरएनए यूके महिला फोरमले आयोजना गर्न लागेको कार्यक्रममा ‘वमेन इम्पावरमेन्ट’ विषयमा छलफल गरिने छ ।
सो छलफलमा नेपाल र बेलायतका वक्ताहरुले आ–आफ्नो प्रस्तुति दिने भएका छन् ।

एनआरएनए यूके महिला फोरमले महिला सशक्तिकरण, स्कील ट्रान्सफर, नारीवादी सिद्धान्तलगायत महिला सशक्तिकरणमा केन्द्रित विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

बिहान ११ देखि साँझ ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी ह’नका लागि कार्यक्रम संयोजक एवं जिआरएनसी यूकेकी महिला संयोजक प्रसुना कँडेलले अनुरोध गरेकी छन् । बेलायतमा बसोबास गर्ने नेपाली महिलाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी नारी दिवस मनाउँदै आउने क्रममा एनआरएनए यूकेले समेत प्रत्येक वर्ष विविध कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!