एटा संवाददाता
लन्डन । ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जिआरएनसी) यूकेले विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ ।

‘ईच फर इक्वाल’ सन्देशका साथ आउने आइतबार ८ मार्चका दिन अल्डरस्थित एम्पायर हलमा मनाउन लागिएको हो । कार्यक्रममा मानसिक रोग, आगलागी तथा सुरक्षा, घरेलु हिंसालगायतका विषयमा सो क्षेत्रका विज्ञहरुले आ–आप्mनो प्रस्तुति दिनेछन् । त्यस्तै, एन–पीस पुरस्कार विजेता–२०१९ महिला अधिकारवादी सरु सुनारको विशेष उपस्थिति रहने छ ।
बिहान १०–३० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी हुनका लागि कार्यक्रम संयोजक एवं जिआरएनसी यूकेकी उपाध्यक्ष रंजिता मल्लले अनुरोध गरेकी छन् । उनकाअनुसार निःशुल्क खाना, चियापन र निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । बेलायतमा बसोबास गर्ने नेपाली महिलाहरुले विभिन्न कार्यक्रम आयोजना गरी नारी दिवस मनाउँदै आउनेक्रममा जीआरएनसी यूकेले समेत प्रत्येक वर्ष जानकारीमूलक कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ ।






