एनआरएनए यूकेको १५ औं स्थापना दिवस मनाउँदै

SHARE:

एटा संवाददाता 
लन्डन । एनआरएनए युकेको १५ औं स्थापना दिवस मनाउने भएको छ । आउने बिहिबार ५ मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ मनाउन लागेको हो ।

साँझ ५ बजे देखि बेलुकी ९ बजेसम्म हुने उक्त कार्यक्रमको पहिलो चरणमा एनआरएनए युके संस्थापकहरुको परिचय गराउने भएको छ भने दोस्रो चरणमा हालै चयन भएका एनआरएनए युकेका सल्लाहकारहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको एनआरएनए युकेका प्रवक्ता रामकुमार गुरुङले जानकारी दिए । उनका अनुसार एनआरएनए युके बारे एक पावर पोइन्ट प्रिजेन्टेशन हुने र मनोरञ्जनका लागि सयपत्री नेपाली कल्चरल ग्रुपले सांगीतिक प्रस्तुति दिने भएको छ । त्यस्तै, निःशुल्क खानाको समेत व्यवस्था गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

एनआरएनए युकेका पूर्व महासचिव समेत रहेका वर्तमान आईसीसी सदस्य रामशरण सिम्खडाको संयोजकत्वमा आयोजना हुन लागेको उक्त कार्यक्रममा सहभागी भैदिनहुनका लागि बेलायतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा एनआरएनए युकेले हार्दिक अनुरोध गरेको छ । सन् २००५ सालमा स्थापना भएको एनआरएनए युके संसारभरका राष्ट्रिय समवन्य परिषद (एनसीसी) मध्ये सबभन्दा बढी पंजिकृत सदस्य संख्या भएको संस्था हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!