क्याम्ब्रिज विश्‍वविद्यालय विद्यार्थी युनियनको अध्यक्षमा नेपाली आस्था दाहाल निर्वाचित

SHARE:

काठमाडौँ । क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा आस्था दाहाल निर्वाचित भएकी छिन् ।

काठमाडौंकी आस्था विश्वकै प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएकी हुन् । उनी विश्वविद्यालयको पोस्टग्राजुएटअन्तर्गत अध्यक्षमा सहजै निर्वाचित भएकी हुन् । खसेको २ हजार ७ सय ४४ मतमध्ये उनले एक हजार ३ सय ९५ मत प्राप्त गरेकी थिइन्। उनीसँगै अध्यक्ष पदमा प्रतिस्पर्धा गरेकी लुइसा डेरागोनले ७ सय ८ मत प्राप्त गरिन् ।

यस पटकको चुनावमा २०.८८ प्रतिशत मत खसेको भर्सिटी डट सीओ डट युकेले जनाएको छ। अन्डरग्राजुएटअन्तर्गत भने विद्यार्थी युनियनको अध्यक्षमा बेन मार्गोलिस निर्वाचित भएका छन्। उनले हेनरी राइटलाई ७६ मतले हराए। उनले एक हजार ६ सय २९ मत प्राप्त गर्दा हेनरीले एक हजार ५ सय ५३ मत प्राप्त गरेका थिए। दाहाल र मार्गोलिससँगै क्लोए न्युबोल्ड, केरेन्सा गन्ट, इस्मे क्याभेन्डिस, सियाङ वेई, एलिस गिल्डरडेल, होवार्ड चाई पनि क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनमा निर्वाचित भएका छन्। उनीहरुले आउँदो जुलाईदेखि जिम्मेवारी सम्हाल्नेछन्।

रातो बंग्ला स्कुलबाट स्कुल शिक्षा हासिल गरेकी आस्था नेपालमा रहँदा पनि समानता र न्यायका लागि विभिन्न अभियानमा संलग्न रहेकी थिइन्। उनी द्वन्द्वकालीन हिंसाका साथै घरेलु हिंसा र मानवअधिकारका विभिन्न अभियानमा संलग्न थिइन्। आस्थाले विश्वविद्यालयमा मानसिक स्वास्थ्य सेवालाई बढावा दिने र विद्यावारिधिका विद्यार्थीलाई दिइने आर्थिक सहयोग बढाउन पहल गर्ने बताएकी छिन् । त्यस्तै विश्वविद्यालय परिसरभित्र हुने यौन हिंसा रोक्न एउटा बलियो संयन्त्र बनाउने प्रतिबद्धता पनि आस्थाले व्यक्त गरेकी छिन्।

आस्थाले अहिले क्याम्ब्रिज विश्वविद्यायमा क्रिमिनोजीमा विद्यावारिधि गरिरहेकी छिन्। उनी सन् २०१४ मै क्याम्ब्रिज विश्वविद्यालयमा भर्ना भएकी थिइन्। उनले क्याम्ब्रिजबाटै क्रिमिनोलोजीमा एमफील गरेकी हुन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!