एनआरएनए यूकेले मनायो १५ औं स्थापना दिवस

SHARE:

एटा संवाददाता
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले १५ औं स्थापना दिवस मनाएको छ ।

गत बिहीबार ५ मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा एनआरएनए यूकेले वर्षगाँठ मनाएको हो । नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरण, एनआरएनए आईसीसी अध्यक्ष कुमार पन्त र एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी सुरुवात भएको कार्यक्रममा एनआरएनए यूकेका संस्थापक तथा पूर्वराष्ट्रिय संयोजक डा. कृष्ण उपाध्ययले संस्थाको भावी कार्यदिशाबारे, एनआरएनए यूकेका पूर्वराष्ट्रिय संयोजक भक्त गुरुङले एनआरएनए यूके र हालसम्मको उपलब्धिबारे पावरपोइन्ट प्रिजेन्टेसन दिएका थिए । त्यस्तै, एनआरएनए यूकेका संस्थापक सदस्य तथा पूर्वराष्ट्रिय संयोजक रामशरण सिम्खडाले संस्थापकहरुको संक्षिप्त परिचयसहित एनआरएनए यूके र यसको सुरुवातबारे श्रव्यदृश्य प्रस्तुत् गरेका थिए ।

कार्यक्रममा एनआरएनए आईसीसी अध्यक्ष कुमार पन्तले वर्तमान नेपालको संविधानले गैर आवासीय नेपालीहरुका लागि राजनैतिक अधिकारबााहेकका नागरिकता पाउने कुरा ग्यारेन्टी गरेको, गैर आवासीय नेपाली साथीहरुको राहत तथा उद्धारका निम्ति स्थापना भएको श्रमिक कल्याणकारी कोष वृद्धिका लागि राष्ट्र बैंकसँग कुराकानी भइरहेको, नेपाललाई समृद्ध बनाउन पुनः ज्ञान, सीप र प्रविधि सम्मेलन गर्न लागिएको जनाए । साथै, उनले, भूतपूर्व गोर्खाजहरुको हकअधिकार र सुविधाकाबारे छलफल भइरहेको, एनआरएनएद्वारा गोरखाको लाप्राकमा निर्माण भइरहेको नमूना बस्ती करिब पूरा भएकोे, काठमाडौं महानगरपालिकासँग मिलेर काठमाडौंका केही स्थानमा सार्वजनिक शौचालय बनाउन लागिएको जनाए । त्यस्तै, अध्यक्ष पन्तले आफूलाई केही असन्तुष्ट पक्षले ..वाद भनेको कुरालाई कोट्याउँदै, ‘आचोचना हुनुपर्छ, आफ्नो गुनासोलाई राख्नु पर्छ, तर सभ्य तरिकाले प्रस्तुत् हुनु पर्दछ,’ भने ।

कार्यक्रमका प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले नेपाली भाषा, कला र संस्कृति संरक्षण तथा सम्वद्र्धन लागि गैर आवासीय नेपालीहरुले गर्दै आएको भूमिकाको कदर गर्दै धन्यवाद दिए । साथै, उनले एनआरएनए विदेशमा बस्ने सबै नेपालीहरुको छाता संस्था हो भन्दै सबै नेपालीहरुको एकतामा जोड दिए ।

कार्यक्रममा एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले संस्थालाई जीवन्त राख्नलाई महत्वपूर्ण भूमिका खेल्दै आएका अग्रजहरुलाई धन्यवाद गर्दै प्रमुख अतिथि लगायत उपस्थित सबैलाई स्वागत गरेकी थिइन् । त्यस्तै, संस्थापक अभियन्ता ध्रुव केसी, सामाजिक अभियन्ता शिवजी श्रेष्ठ, पूर्वअध्यक्षहरु महेन्द्र कँडेल तथा सूर्य गुरुङ, आईसीसी महासचिव डा. हेमराज शर्मा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमको मध्यभागमा व्यानरसहित उपस्थित भएका केही महिलाहरुले ‘चार करोड घोटाला छानबिन गर’ भन्दै नारा लगाएका थिए । त्यस्तै, कार्यक्रममा हालै चयन भएका एनआरएनए यूकेका सल्लाहकारहरुलाई प्रमाणपत्रसहित स्वागत गरिएको थियो । एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङको अध्यक्षता र आईसीसी सदस्य रामशरण सिम्खडाको संयोजकत्वमा सम्पन्न कार्यक्रमलाई महासचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!