जिआरएनसी यूकेले ११० औं नारी दिवस मनायो

SHARE:

एटा संवाददाता

लन्डन । ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जिआरएनसी) यूकेले विविध कार्यक्रमका साथ ११० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।

‘ईच फर इक्वाल’ नाराका साथ विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रममा जिआरएनसी यूकेले गत आइतबार ८ मार्चका दिन अल्डरस्थित एम्पायर हलमा मनाएको हो । कार्यक्रममा मानसिक रोग, आगलागी तथा सुरक्षा, घरेलु हिंसा लगायतका विषयमा सम्बन्धित क्षेत्रका ज्ञाताहरुले आ–आफ्ना प्रस्तुति दिएका थिए ।

कार्यक्रममा स्थानीय रस्मोर बरो काउन्सिलका काउन्सिलरहरु, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, युवाहरु लगायत महिलाको बाक्लो उपस्थिति रहेको थियो ।

त्यस्तै, सोही कार्यक्रमका लागि नेपालबाट आएकी अन्तर्राष्ट्रि अवार्ड एन–पीस २०१९ विजेता महिला अधिकारकर्मी सरु सुनारले आफूले जीवनमा भोगेका घटना, नेपालका महिलाहरुका अवस्था, संघर्ष लगायतको विषयमा बोलेकी थिइन् ।

बिहान १०:३० देखि साँझ ५ बजेसम्म सञ्चालन भएको कार्यक्रममा संयोजक एवं जिआरएनसी यूकेकी उपाध्यक्ष रंजिता मल्लले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्यबारे बोलेकी थिइन् ।

ह्याम्पसायर काउण्टी काउन्सिलको आर्थिक सहयोगमा निःशुल्क खाना र चियापन व्यवस्था गरिएको थियो भने एम्पायर हलका सञ्चालक पुरन गिरीले निःशुल्क हल र एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहामगरले केक सहयोग प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्पन्न गर्नका लागि संस्थाका उपाध्यक्षहरु नेम थापा, मान गुरुङ, मैया केसी डंगोल, सचिव लिला मावो सेलिङ्ग, कोषाध्यक्ष तोप पल्ली, सुस्मा गुरुङ, शान्ति लिम्बु, सुस्मा मगर, एम्पायरका सञ्चालक राजकुमार गुरुङ तथा नारायण गिरी लगायत कार्यसमितिका पदाधिकारी, सदस्य र सल्लाहकारहरुले विशेष भूमिका खेलेका थिए ।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरु मधुकर गुरुङ, ओम थापा, जीव बेल्वासे, सल्लाहकार कृष्ण गुरुङ, एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहामगर, एनआरएनए यूके पूर्वउपाध्यक्ष शेर सुनार, सिर्जनशील नेपाली समाज यूकेका अध्यक्ष भक्त दर्जी, प्रा.डा. मित्र परियार लगायतको विशेष उपस्थिति रहेको थियो ।

जिआरएनए यूकेका अध्यक्ष रामधन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव प्रमिला लाबुङ्ग राईले सञ्चालन गरेकी थिइन् ।
जीआरएनसी यूकेले विगत ६ वर्षदेखि प्रत्येक वर्ष जानकारीमूलक कार्यक्रमका साथ नारी दिवस मनाउँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!