विविध कार्यक्रमका साथ ‘आमा’ले अन्तर्राष्ट्रिय नारी दिवस मनायो

SHARE:

एटा संवाददाता
लन्डन । एशियन महिला एसोसिएसन (आमा) यूकेले ११० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।

गत ८ मार्च आइतबार अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा विविध कार्यक्रमका साथ नारी दिवस मनाइएको हो । कार्यक्रममा पेसाले नर्स, क्यान्सरलाई जितेर आएकी समाजसेवी मञ्जु गुरुङ राईले प्रमुख अतिथिको आशनबाट आफ्नो जीवन भोगाई, यूकेको २० वर्षको संघर्षमय अवस्था, सुखको अवस्था र क्यान्सरसँग जुधेको क्षण स्मरण गर्दै नारी दिवसको शुभकामना मन्तव्य दिएकी थिइन् ।

त्यस्तै, अर्का समाजसेवी शान्ति थापा कुँवर, नन्दकुमारी गुरुङ, नेपालबाट आएकी एन–पीस अवार्ड–२०१९ विजेता सरु सुनार र सन्ध्या बुढा (काउली बूढी) ले पनि जीवन आफूले गरेका संघर्ष, महिला हक अधिकार लगायत विषयमा आ–आफ्ना अनुभव सुनाउँदै नारी दिवसको शुभकामना दिएकी थिइन् ।

त्यस्तै, ‘आमा’की अध्यक्ष विभा गुरुङले प्रमुख अतिथि तथा अतिथि लगायत सबै सहभागीहरुलाई उपस्थितिका लागि धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रममा आमाकी पूर्वअध्यक्ष मैया केसी डंगोल, मिस यूके नेपालकी शान्ति गुरुङ, रिता क्षेत्री, मगर संघ यूकेकी फस्ट लेडी गोमा राना, पूर्वएनआरएनए आईसीसी सदस्य कुमारी गुरुङ लगायत महिलाहरुको विशेष उपस्थिति रहेको थियो ।

एशियन महिला एशोसिएसन (आमा)की अध्यक्ष विभा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई आमाकी उपाध्यक्ष कल्पना गुरुङ र सहसचिव कल्पना चेम्जोङ्गले संयुक्त रुपमा सञ्चालन गरेकी थिइन् ।

स्मरण रहोस्, आमाले प्रत्येक वर्ष नारी दिवसको अवसरमा जानकारीमूलक कार्यक्रम आयोजना गर्दै आएको छ भने कार्यक्रममा उडाइएको राफल ड्रबाट वचत रकम च्यारिटी सहयोग गर्दै आएको आमाकी अध्यक्ष विभा गुरुङले जानकारी गराएकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!