सयपत्रीमा पुनः डम्बर

SHARE:

एटा संवाददाता
लन्डन । सयपत्री नेपाली सांस्कृतिक समूह यूकेको अध्यक्षमा पुनः डम्बर सिंह निर्वाचित भएका छन् ।

गत ७ मार्च शनिबारका दिन वोकिङ मेबरी सेन्टरमा सम्पन्न चौथो अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमिति उपाध्यक्षमा दिपक शाही, महासचिव गौरव क्षेत्री, सचिव डा. दिपक जिसी, कोषाध्यक्ष अभिशा गुरुङ, सहकोषाध्यक्ष गीता केसी र सदस्यहरुमा दिनेश अर्याल, बन्दना खत्री, राजेन्द्र बुढाथोकी, शिव कँडेल र बिबेक बोहोरा चयन भएका छन् । त्यस्तै, राजेन्द्र क्षेत्री, राजकुमार सुनार, बुद्धि गुरुङ, आशा राई, शिवजी श्रेष्ठ, खिम खत्री, पदमा गुरुङ, अमृत गुरुङ, बाम गुरुङ, मनोज अन्जान, शशी गुरुङ सल्लाहकारमा चयन भएका छन् ।

अधिवेशनमा निर्वाचन मण्डलको संयोजकमा राजकुमार सुनार, सदस्यमा राजेन्द्र क्षेत्री र सदस्य नवराज घले रहेका थिए । विगत १४ वर्षदेखि ‘विदेशी भूमि यूकेमा नेपाली कला र संस्कृति नै राष्ट्रको पहिचान हो’ भन्ने मूलनाराका साथ नेपाली कला र संस्कृतिको जगेर्ना संरक्षण संवद्र्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यमा लागि परेको छ ।

अधिवेशनमा महासचिव गौरव क्षेत्री र कोषाध्यक्ष डा दिपक जिसीद्वारा प्रस्तुत द्विवार्षिक संस्थागत र आर्थिक प्रतिवेदनमाथि टिप्पणी गर्दै सल्लाहकारद्वय नवराज घले र राजकुमार सुनारले सयपत्रीले यूकेमा उदाहरणीय कार्य गरेको र यसको आर्थिक पारदर्शीतामा कुनै खोट नरहेको बताए । साथै, उनले, ‘आर्थिक वृद्धिका लागि हामीहरु सबैले जोड दिनु पर्छ’ भने । त्यस्तै, सल्लाहकार राजेन्द्र क्षेत्रीले सयपत्री विदेशी भूमिमा नेपाली कला र संस्कृतिको राजदूत भएको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!