आईएफजे सदस्यता कार्ड नवीकरण गर्न पत्रकार महासंघ यूकेको आग्रह

SHARE:

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को सदस्यता कार्ड नवीकरण गर्न सदस्य पत्रकारहरूलाई आग्रह गरेको छ।

शाखाले अत्यन्त जरुरी सूचना जारी गर्दै महासंघमार्फत आईएफजे सदस्यता कार्ड प्राप्त गरेका सम्पूर्ण सदस्य पत्रकारलाई कार्ड नवीकरणका लागि अनुरोध गरेको हो। आईएफजे सदस्यता कार्डको म्याद आगामी डिसेम्बर २०२६ मा समाप्त हुने भएकाले नवीकरण गर्न इच्छुक सदस्यहरूले नोभेम्बर ३०, २०२६ भित्र प्रतिसदस्य ३० पाउन्ड नवीकरण शुल्क जम्मा गर्नुपर्ने महासंघले जनाएको छ।

नवीकरण शुल्क महासंघको बैंक खातामा जम्मा गर्नुपर्नेछ। शुल्क जम्मा गर्दा बैंक विवरणमा उल्लेखित रिफरेन्समा ‘आईएफजे कार्ड’ लेख्नुपर्नेछ।

बैंक विवरण:
– Account Name: Federation of Nepalese Journalists UK
– Sort Code: 20-16-99
– Account Number: 13299961
– Reference: IFJ Card

नवीकरणसम्बन्धी थप जानकारी तथा प्रक्रियाका लागि नेपाल पत्रकार महासंघ यूके शाखासँग सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ। महासंघका महासचिव खेमराज रानाभाटले तोकिएको समयसीमाभित्र नवीकरण शुल्क जम्मा गरी सदस्यता कार्ड नवीकरण प्रक्रियामा सहभागी हुन सम्बन्धित सबै सदस्य पत्रकारलाई अनुरोध गर्नुभएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!