ईलमपोखरी समाज यूकेका पूर्वसहायक सचिव स्वर्गीय भोजराज गुरुङको अन्त्येष्टि

SHARE:

लन्डन । ईलमपोखरी समाज यूकेका पूर्वसहायक सचिव तथा सल्लाहकार स्वर्गीय भोजराज गुरुङको अन्त्येष्टि कार्यक्रम बेलायतमा सम्पन्न भएको छ ।

६४ वर्षको उमेरमा निधन भएका गुरुङको बुधबार अन्त्येष्टि गरिएको हो । पहिलो चरणमा एन्जेल फ्युनरल च्यापल हाउस, साउथहलमा धर्मगुरुहरूबाट परम्परा र संस्कारअनुसार पूजा गरिएको थियो । दोस्रो चरणमा ओग्डेन क्रिमेटोरियम, फेल्थममा धार्मिक विधिअनुसार अन्त्येष्टि कार्यक्रम सम्पन्न भएको थियो ।

अन्तिम बिदाइ कार्यक्रममा परिवारजन, आफन्त, समाजका अगुवा तथा बेलायतस्थित विभिन्न नेपाली समुदायका सदस्यहरूको उपस्थिति थियो । ब्रिगेड अफ गोर्खाजका उहाँका प्रिय नम्बरीहरू तथा ६ गोर्खा राइफल्सका सदस्य र शुभचिन्तकहरू पनि सहभागी थिए ।

गुरुङले समाजसेवामा लामो समय समर्पित भएर काम गरेका थिए । ईलमपोखरी समाज यूकेमा रहँदा उनले आफ्नो समय, बुद्धि र योगदानमार्फत समाजको एकता, सद्भाव र समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमको संयोजन ईलमपोखरी समाज यूकेका अध्यक्ष परशु गुरुङले गरेका थिए भने सञ्चालन सचिव कुमार गुरुङले गरेका थिए । कार्यक्रममा स्वर्गीय गुरुङका छोरा विश्व गुरुङले उनका जीवनीबारे जानकारी गराएका थिए । उनका भाइ दिल गुरुङले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै, उनका नम्बरीहरूको प्रतिनिधित्व गर्दै तेज पुनले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष परशु गुरुङले उपस्थित सबैप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले कार्यक्रम सञ्चालनमा सहयोग गर्ने सचिव कुमार गुरुङ तथा अन्त्येष्टिको तयारीमा सहयोग पुर्‍याउने दिल गुरुङ, किरण गुरुङ र शान्ता गुरुङप्रति विशेष आभार व्यक्त गरेका थिए ।

उपस्थित आफन्त, शुभचिन्तक तथा समुदायका सदस्यहरूले स्वर्गीय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरेका थिए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!