नेपाल र इङ्ल्यान्ड ‘सि’ टिमबीच हुने मैत्रीपूर्ण खेलको टिकट बिक्री खुल्ला

SHARE:

एटा संवाददाता
लन्डन । नेपालको राष्ट्रिय फुटबल टिम र इङ्ल्यान्डको ‘सि’ टिमबीच आगामी २५ मे का दिन हुन लागेको मैत्रीपूर्ण फुटबल खेलका लागि अग्रिम टिकट बुकिङ्ग खुल्ला गरिएको अल्डरसट टाउन फुटबल क्लबले जनाएको छ । गत ३ मार्च मंगलबारका दिन क्लबले आफ्नै स्टुडियममा आयोजित पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी दिइएकोे हो । सो दिन दिउँसो ३ बजे सुरु हुने खेलका लागि क्लबको अनलाइनमार्फत तुरुन्तै टिकट लिन सकिने र सहारा यूकेमार्फत पनि टिकट लिन सकिने अल्डरसट टाउन फुटबल क्लबका बोर्ड अफ डाइरेक्टर साहिद अजीमले जानकारी दिए ।

खेलमा भाग लिनका लागि नेपालको राष्ट्रिय फुटबल टिम सहितको ३५ जनाको टोली २१ मे का दिन बेलायत आउने छन् भने २७ मे का दिन नेपाल फर्कने सहारा एफसी चेयरमेन एवं कार्यवहाक अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।

इङ्ल्यान्ड फुटबल एशोसिएसन (एफए), अखिल नेपाल फुटबल संघ (एन्फा), सहारा यूके, अल्डरसट टाउन एफी, नेपाली दूतावास लन्डन, यूके नेपाल फ्रेन्डसीप सोसाइटी, आर्मी ग्यारिजन अल्डरसट, एनआरएनए यूके, ग्रेटर रस्मोर नेपाली कम्युनिटी यूकेको सक्रियतामा हुन लागेको खेलको व्यवस्थापन अल्डरसट टाउन फुटबल क्लबले गर्नेछ भने सहारा यूकेले नेपाली समुदायलाई समन्वय गर्दै टिकट बिक्री वितरण गर्ने छ ।

क्लबले तत्काल सहारा यूकेलाई पाँच हजार थान टिकट प्रिन्ट गरेर दिने बताए भने सहारा यूकेका संस्थापक अध्यक्ष नविन गुरुङले टिकट बिक्री गर्न सहारा यूकेले जिम्मा लिने बताए । त्यस्तै, नेपालबाट आएका खेलाडीहरुलाई अल्डरसट ग्यारिजनले खाना र बस्नको व्यवस्था गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा सहारा यूकेका संस्थापक अध्यक्ष नविन गुरुङ, पूर्वअध्यक्ष मिन गुरुङ, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, सहारा एफसी चेयरमेन कृष्ण गुरुङ, एनआरएनए यूकेका पूर्वअध्यक्ष योगकुमार फगामी, पूर्वउपाध्यक्ष शेर सुनार, तमु फोरम यूकेका डाइरेक्टर क्याप्टेन राजु गुरुङ, गे्रटर रस्मोर नेपाली कम्युनिटी यूके अध्यक्ष रामधन राई, जीव बेल्वासे लगायतले विभिन्न सल्लाह र सुझाव दिएका थिए ।

दुई हजार आरामदायी सीट भएको स्टेडियम सात हजार क्षमताको रहेको छ । अपाङ्गता भएकाहरुका लागि समेत विशेष सीटको व्यवस्था भएको स्टेडियमा हुने खेलका लागि १६ वर्षदेखि ६५ वर्षसम्मका दर्शकलाई १० पाउन्ड र १६ वर्षभन्दा मुनी र ६५ वर्षभन्दा माथिका लागि ५ पाउन्ड प्रवेश शुल्क तोकिएको अल्डरसट टाउन फुटबल क्लबले जनाएको छ । पत्रकार सम्मेलनमा बेलायतमा रहेका पत्रकारहरुको विशेष उपस्थिति रहेको थियो ।

सहारा यूकेको विशेष पहलमा नेपाल र बेलायतमा इतिहासमा पहिलोपटक नेपालको राष्ट्रिय फुटबल टिम र इङ्ल्यान्डको फुटबल टिमबीच मैत्रीपूर्ण खेल हुन लागेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!