एनआरएनए आईसीसीसँग गोर्खा टाक्स फोर्सको भेटघाट

SHARE:

लिलामान शेरपुञ्जा, लण्डन । एनआरएनए युकेको १५ औं स्थापना दिवस मनाउन गत बिहिबार ५ मार्च २०२० का दिन बेलायत आएका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्त, महासचिब डा.हेमराज शर्मा र एनआरएनए युकेका अध्यक्ष पुनम गुरुङसंग गोर्खाजहरुको मूल मुद्दा, पेन्सन, नागरिकता निरन्तरता र सम्पत्ति अधिकार सम्बन्धि “Cooperation with Gurkhas” NRNA ICC Task Force Team ले ६ मार्च २० मा सानो ब्रेक्फास्ट मिटिङ तथा अन्र्तक्रियाको आयोजना गरेको थियो ।
गोर्खाजका मुद्दा नेताहरुले र सम्बन्धित निकायहरुले राम्रो संग नबुझेको कारणले यसलाई बुझाउन सरकार, प्रतिनिधिसभा र एनआरएनए जस्ता संवैधानिक निकायहरु संग छुट्टै बहस चलाउन जरुरी छ । हाम्रा मुद्दाहरु नेपाल सरकारसंग सम्बन्धित भएकोले यी संस्थाहरु संग सहकार्य गर्दै जानुको बिकल्प छैन ।
छोट्टो समयमा तय गरिएको कार्यक्रममा सबै गोर्खा भुपु सैनिक संगठनका लिडरहरुलाई उपस्थितिको आग्रह गरिएको थियो तर छोटो सूचनाका कारण उपस्थिति हुन नसके पनि उनीहरुबाट सहयोग रहने छ भनि उनीहरुको विचार टास्क फोर्स अध्यक्ष मार्फत राखेका थिए । जुन एजेन्डामा प्रस्तुत गरिएको थियो ।
यो छोटो मिटिङ अति सकारात्मक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको यिो । टाक्स फोर्सले राखेका एजेन्डाहरु प्रति आईसीसी अध्यक्ष महासचिब र एनआरएनए युके अध्यक्षले पुर्ण समर्थन, सहकार्य र सहयोग गर्ने प्रतिवद्धता जनाएको टाक्स फोर्स टिमका अध्यक्ष ले.रि. चन्द्र गुरुङले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!