ब्रिट्रिस एयरले आफ्नो कर्मचारी कटौती गर्ने

SHARE:

बेलायती विमान कम्पनी, ब्रिटिस एअरवेजले कोरोना भाइरसको प्रकोपका कारण सिर्जित पछिल्लो परिस्थितिलाई देखाउ“दै कम्पनीले कर्मचारीको कटौती गर्न लागेको छ ।

विश्वव्यापी समस्याका रूपमा देखा परेको नयँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर भाइरस सङ्क्रमितको सख्या एक लाख ३९ हजार ८४ पुगेको छ भने यसका कारण मृत्यु हुनेको सख्या छ हजार ११७ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण सुरूमा चीन र पछि विश्वभर फैलिएको अवस्थामा यसको प्रभाव विश्व अर्थतन्त्रमा समेत पर्न थालेको छ ।

ब्रिटिस एअरवेजका प्रमुख कार्यकारी अलेक्स क्रुजले शुक्रबार भने, कोरोना भाइरसको प्रकोपका कारण विश्वव्यापी रूपमा नै हवाई यात्राको मागमा कमी आएकोले कम्पनीले कर्मचारी घटाएर भएपनि कम्पनीलाई सङ्कटका समयमा टिकाउनका लागि कर्मचारी कटौतीको विकल्प देखिएन ।”

उनले आन्तिरिक छलफलमा प्रस्तुत लिखित प्रस्तावमा भने, प्रस्ट भन्नुपर्दा परिवर्तित परिस्थितिमा हामीले हाम्रो वर्तमान कर्मचारी सख्या र रोजगारीका अवसरलाई छोटो समय वा कोरोना भाइरसको सङ्क्रमण लामो भएमा लामौ समय नै पनि गुमाउने अवस्था देखिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!