‘लक-डाउन जिन्दगी !’ : अमित थेबे ‘मिहाङ’

SHARE:

महाशून्यतामा
घुम्दै छ
पृथ्वी ।
कोठा कैदखाना भएका छन्
दिमाग सिनेमा घर भएका छन्
झ्यालबाहिरको सडक मृत अजिङ्गरजस्तो
सुपरमार्केट, पब, रेस्टुरेन्ट चिहानजस्तो
रेलका डिब्बा, जहाजको जीउ घाइते सिपाहीजस्तो
गगनचुम्भी भवन निर्जन टाकुराजस्तो
सबै सामूहिक मौन धारणमा छन् ।
आतङ्क पनि यस्तो छ
कि देशका सीमानाहरू आफैँ मेटिन्दैछन्
कि ठडिएका पर्खालहरू गर्ल्याम्म ढल्दैछन्
कि राष्ट्रिय अन्तर्रा्ष्ट्रिय आतङ्ककारीहरू लुप्त छन्
कि स्वयम् माङ पनि माङहिम छाडेर कतै गुप्त छन्
समय यतिको सोत्तर त
कहिले थिएन ।
सबैको सपना
हाइज्याक गरेर
उडिरहेछ एउटा यान ।
उहिलेको जुगमा
आदिम मानवहरू बस्थे ओडारमा
अहिले
नवमानवहरू बसिरहेछन् क्वारेन्टाइनमा
पहिलेको समयमा
पूर्खाहरू रम्थे टापु र जङ्गलमा
अहिले
आधुनिक मान्छेहरू छन् स्व–विच्छेदमा
अन्तरहरू बढेर पनि
युगसँगै अन्तरका रेखाहरू हराइरहेका छन् ।
पृथ्वी
घुम्दै छ
महाशून्यतामा
तर,
शून्यताबाट नै सुरु हुन्छ
अर्को सृष्टि ।
आसफोर्ड, केन्ट

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!