कोरोना प्रकोपबाट बेलायतमा मृतकको संख्या १ हजार नाघ्यो

SHARE:

लन्डन । विश्‍वव्यापी महामारीको रुप लिइरहेको कोभिड १९ बाट मृत्यु हुनेको संख्या १ हजार १९ पुगेको छ । शुक्रबार यो संख्या ७५९ रहेकामा एकैदिन २६० जनाले ज्यान गुमाएका हुन् ।

बेलायतमा हालसम्म १७ हजार ८९ जना संक्रमित छन् । जसमध्ये १ सय ३५ निको भएर फर्किएका छन् । १ सय ६३ जना संक्रमितको अवस्था चिन्ताजनक रहेको वल्डोमिटर्स इन्फोले जनाएको छ ।

यसैबीच, बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतवासी नेपालीलाई घरैमा सुरक्षित रहन अपिल गरेका छन् । बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमण तीव्र फैलिरहंदा राजदूत सवेदीले शनिबार व्यक्तिगत सन्देश पठाएका हुन् । बेलायत सरकारले पनि अहिले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सरसफाइमा जोड दिइरहेको छ । बेलायत गत सोमबारदेखि ‘लकडाउन’ को अवस्थामा छ । अटेर गरे प्रहरीलाई जरिवाना तिराउन सक्ने अधिकार दिइएको छ ।

बेलायतमा रहेका नेपालीहरुलाई कोरोना भाइरसको महामारीका बारेमा सूचना आदानप्रदान, आवश्यक सहयोग र समन्वय गर्न दूताबासले विभिन्न समिति गठन गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!