नेपाली दूतावास लन्डन सातै दिन खुल्ने, अत्यावश्यक अवस्थामा सम्पर्क गर्न अनुरोध

SHARE:

एटा संवाददाता

लन्डन । बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लन्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ ।

कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका समस्या सुन्न र आवश्यक कदम चाल्न हप्ता दिन नै खोल्ने निर्णय गरिएको दूतावासले जनाएको छ । यसअघि हप्ताको सोमबारदेखि शुक्रबारसम्म मात्रै कार्यालय खुला हुने गरेको थियो ।

दूतावासमा काम गर्ने अधिकांश कर्मचारीको आवास सोही भवनमा रहेको र पाँच दिनबाहेक अन्य समयमा आफूहरूले काम गर्दै आइरहे पनि महामारीका बेला दूतावास अझ बढी जिम्मबार हुनुपर्ने हुँदा सूचना नै जारी गरेर कार्यालय समय थपबारे जानकारी दिइएको दूतावासका उपनियोग प्रमुख शरदराज आरणले बताए .

दूतावासले मंगलबार जारी गरेको एक अपिलमा हाल नेपालबाट आई बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये केहीमा खानाको व्यवस्थापनलगायत समस्या परेकाले तिनलाई सुरक्षित, संयमित र अनुशासित रहन र अत्यावश्यक अवस्थामा राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ । यसै गरी दूतावासले समस्या समाधानका लागि सम्बन्धित ठाउँमा कुराकारीसमेत भइरहेको जनाएको छ ।

उक्त अपिलमा वास्तविक समस्यामा परेका र भविष्यमा समस्यामा पर्न सक्ने विद्यार्थीलाई आर्थिकलगायत अन्य सहयोग उपलब्ध गराउनु सबैको मानवीय कर्तव्य र जिम्मेवारी रहेको हुँदा स्वेच्छाले सहयोग गर्न चाहने इच्छुक महानुभावलाई दूतावासमा सम्पर्क गर्न दूतावासका उपनियोग प्रमुख आरणको मोबाइल नं ०७४६०५९१८८ र दूतावासको इमेल भयल२लभउझदबककथ।यचन।गप उपलब्ध गराइएको छ । केही दिनदेखि नेपाली विद्यार्थी बेलायतमा खान बस्न पाएनन् भनी समाचार आइरहेका थिए भने मङ्गलबार केही विद्यार्थीले भिडियोमार्फत आफ्नो समस्या बाहिर ल्याएका थिए ।

 

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!