सुरक्षाकर्मीको गोली लागि नौ जनाको मृत्यु

SHARE:

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रशासनले घटनामा कति जनाको मृत्यु भएको भन्ने बिषयलाई पुष्टि गरिसकेको छैन । यद्यपि स्थानीय मन्त्री डि जयाकूमारले सञ्चारमाध्यमसँग कुराकानी गर्दै भन्नुभयो, घटनाबारे बिस्तृत विवरण आइसकेको छैन । सरकारले घटनामा मृत्यु भएका नागरिकका आफन्तलाई राहतको व्यवस्था गर्नुपर्छ र गर्नेछ ।

घाइते सबैको उपचार खर्च पनि सरकारले व्यहोर्ने उनले बताए । मन्त्री डि जयकूमारका अनुसार करिब २० हजार आन्दोलनकारीको समूहले एक्कासी हिंसात्मक गतिविधि चलाएपछि प्रहरीले बल प्रयोग गर्नु परेको बताए । स्थानीय नागरिकहरूले आफ्नो क्षेत्रमा सञ्चालनमा रहेको खानीको लाईसेन्स अर्को २५ वर्षका लागि नवीकरण गर्न लागेको थाहापाएपछि आन्दोलन शुरु गरेका बताइएको छ । विगत तीन महिनादेखि जारी आन्दोलन विगत केही दिन यता उग्र बनिरहेको थियो ।
राज्यको प्रमुख प्रतिपक्षी दल डिएमके पार्टीले स्थानीयको चासोलाई सम्बोधन गर्न असफल भएको भनी सरकारको आलोचना गरे । विपक्षी नेता एम के स्टालिनले सञ्चारकर्मीसँग भने, “जनचासोको बिषयलाई सम्बोधन गर्न खानीलाई बन्द गर्नु पर्छ ।”

स्थानीय जनताले खानीबाट आउने ग्यासका कारण विगत पाँच बर्षमा सयौँ नागरिकलाई श्वासप्रश्वाससम्बन्धि समस्या आएपछि उनीहरूले अस्पताल भर्ना भै उपचार गर्नुपरेको जनाउँदै जनताको स्वास्थ्यलाई प्रभाव पार्ने खानीलाई बन्द गर्नुपर्ने स्टालिनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!