बेलायतमा एकै परिवारका ३ नेपालीलाई कोरोना

SHARE:

लन्डन । कोरोना भाइरस (कोभिड- १९) बाट यहाँका एकै परिवारका ३ जना संक्रमित भएका छन् ।

चितवनका अनिल सेढाईं, उनकी श्रीमती मिरा सेढाई र भाइ होमराज सेढाईलाई कोभिड-१९ पोजेटिभ देखिएको हो । श्रीमतिलाई कोभिड १९ भएको अस्पतालले पुष्टि गरेको एक दिन पनि नबित्तै अनिल स्वयंलाई पनि कोभिड-१९ पोजेटिभ भेटियो ।

पाँच दिनको अस्तापताल बसाइपछि होमराज आइतबार सेन्ट अउस्टेलस्थित घरमा फर्किएर र होम आइसोलेसनमा बसेका छन् । श्रीमति मिरा भने अझै अस्पतालमै अक्सिजन लिइरहेकी छिन् । अनिललाई पनि गाह्रो भएपछि अस्पताल गएका थिए । चेकपछि घरमै आइसोलेसनमा बस्न र कोभिड १९ का लागि एनएचएसले तोकिएको नियम पगलन गर्न सुझाब डाक्टरहरुले दिएका छन् । उनलाई ज्वरो घटे पनि खोकी लागिरहेको बताए । उनले अस्पतालमा आफ्नो बारेमा नियमित जानकारी गराइरहेका छन् । अस्पतालमा बेड नभएकाले घरमा बस्नु भनेको छ । यदि गाह्रो भए तत्काल अस्पताल फोन गर्न उनले डाक्टरले सुझाब दिएका छन् । अनिल अहिले घरमै आइसोलेनसमा बसेका छन् ।

अनिल श्रीमति मिरा र भाइ होमराजसहित सेन्ट अउस्टेलमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका छन् ।

यसअघि बेलायतमा दुई नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भइसकेको छ ।

बेलायतमा मंगलबार १ बजेसम्म ५ हजार ३७३ जनाको मृत्यु भइसकेको छ भने ५१ हजार ६०८ संक्रमित भेटिएका छन् । सोही समयमा विश्वभर ७४ हजार ७९५ को मृत्यु र १३ लाख ४८ हजार ४०४ संक्रमित भएका अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!