तमुधि लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङको निधन

SHARE:

ज्ञाम गुरुङ, लण्डन ।  तमुधि लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङको निधन भएको छ । ५९ वर्षीय गुरुङको ७ अप्रिल २०२० मंगलबार उपचारका क्रममा निधन भएको हो । उनी 21163241 Ex GTR थिए ।

स्वास्थ्य समस्यापछि अस्पताल भर्ना भएका गुरुङको मंगलबार मृत्यु भएको तमुधिं लन्डन इकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङ र महासचिव भरत गुरुङले जनाएका छन् । गुरुङको मृत्युको कारण खुलाइएको छैन ।

यसैबीच तमुधिं लन्डन इकाईले आफ्‍नो वरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङको निधनले स्तब्ध भएको जनाएको छ । अध्यक्ष र महासचिवले जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो वरिष्ठ उपाध्यक्ष आदरणीय श्री चेतप्रसाद गुरुङ ७ अप्रिल २०२० को दिन उपचारको क्रममा दु:खद् निधन हुनु भएको खबरले हामी तमुधिं लन्डन इकाई परिवार स्तब्ध भएका छौं, यस दु:खद घडीमा आदरणीय उपाध्यक्ष श्री चेतप्रसाद गुरुङको मृत आत्माको चिरशान्तिको कामना गर्दै भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।’ साथै उनीहरुले शोकाकुल परिवारजनहरुप्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस् भनी भगवान बुद्धसँग प्रार्थना गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!