
एटा संवाददाता ।
लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको कोभिड–१९ बिशेष बैठक बसेको छ । गत १२ अप्रिल २०२० का दिन संघकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा बसेको अनलाईन बैठकमा कोरोना संक्रमणको कारण बेलायतमा मृत्यु भएका गैर आवासीय नेपालीहरु प्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरियो । बैठकले सोक सन्तप्त परिवार प्रति समवेदना प्रकट समेत गरेको छ । त्यस्तै, उपाध्यक्ष नारायण कंडेलको संयोजनमा महासचिव फडिन्द्र भट्टराई, कोषाध्यक्ष तेजेन्द्र रोका मगर, सचिव जीत रानाभाट, तथा कोभिड–१९ सहयोग संयोजक दिपक श्रेष्ठद्वारा तयार पारेको ‘कोभिड–१९राहत संकल तथा राहत कोष संचालन सम्बन्धी कार्यविधि–२०२० छलफल पश्चात प्राप्त सुझावहरुलाई समावेश गर्दै पारित गरेको छ ।
एनआरएनए आईसीसी सदस्यहरु शुसिला राई , दयानिधी सापकोटा, राम शरण सिंखडा, अर्कराज तिम्सेना, सुरोज मास्के , योग फगामी सहित कार्यसमितीका २६ जना पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको सो अनलाईन बैठकले गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद देखि राज्य परिषद सम्मका सबै निकायहरुलाई परिचालन गर्दै सम्पूर्ण एन आर एनका अग्रज, सल्लाहकार, बिभिन्न सामाजिक संघ संस्था तथा सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाई दीदिबहिनीहरुलाई एन आर एन यूकेले संचालन गरेको सहयोग संकलन अभियानमा सहयोग पुर्याउन अपिल गर्ने निर्णय गरेको छ । त्यस्तै, बेलायतमा अध्ययनरत रहेका नेपाली बिद्यार्थीहरुको सहयोगको लागि क्रियाशील सबै निकायहरुसंग समन्वय गर्दै गैर आवासीय नेपाली संघ बेलायत मार्फतको सम्पर्क तथा सहयोग अभियानलाई निरन्तरता दिने । बिद्यार्थीहरुको सहयोगको लागी समन्वय गर्न उपाध्यक्ष द्वय सुनिलबाबु खड्का र रोजिना प्रधान राईलाई जिम्मेवारी प्रदान गरिएकोमा यो विभागलाई अझै प्रभावकारी बनाउदै एनआरएनए मार्फत दर्ता भएर आएका सबै विद्यार्र्थीहरुको आवश्यकता पहिचान गर्दै अत्यावश्यक सहयोग गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा एनआरएनए यूके सचिवद्वय जीत रानाभाट र कृष्ण ढकालले एनआरएनए यूकेको हेल्पलाईनमा आएका सोधपुछ र त्यसमा पु¥याईएको सहयोग बारे अपडेट गरेका थिए । हेल्पलाईनमा ६२ जनाको केस रजिस्टर भएको जानकारी समेत गराए । त्यस्तै, सो बैठकले यसअघि कोभिड–१९ आर्थिक संकलन अभियानको संयोजन गर्दै आएका दिपक श्रेष्ठको समितीलाई विस्तार गर्दै सबै राज्य समन्वय परिषदका अध्यक्षहरुलाई आ आफ्नो क्षेत्रमा संयोजन गर्ने जिम्मा दिने निर्णय गरेको एनआरएनए यूकेका महासचिव फडिन्ड्र भट्टराईले जानकारी दिएका छन् ।
सो बैठकमा एनआरएनए युकेकी उपाध्यक्ष रोजिना प्रधान राइले बेलायतमा नेपाली विद्यार्थीहरुबाट दर्ता भएका केसहरु बारेको अपडेट गराउदै ४८ जना विद्यार्र्थीले सम्पर्क गरेको जानकारी गराएकी थिईन् ।
विद्यार्र्थीहरुको समस्या र एनआरएनएले गर्ने आगामी गतिविधी माथि बैठकको छलफल केन्द्रित रहेको बैठकमा बिशेषत कोरोना कोष संचालन सम्बन्धि कार्यविधि– २०२० माथि घनिभूत छलफल गरिएको थियो ।






