बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो, १ लाख १४ हजारभन्दा बढी संक्रमित

SHARE:

लन्डन । बेलायतमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या १५ हजार ४६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८८ जनाको मृत्यु भएसँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको हो । मृतकमध्ये पूर्वगोर्खा र केही नेपाली समेत छन् ।

शनिबार साँझसम्मको तथ्यांकअनुसार १ लाख १४ हजार २ सय १७ जना संक्रमित भएका छन् । सोही समयमा विश्वमा कोरोना संक्रमितको संख्या २२ लाख ८७ हजार ३६९ पुगेको छ भने १ लाख ५७ हजार ४६८ संक्रमित बनेका छन् ।

संक्रमितमध्ये ५ लाख ८५ हजार ८३८ भने निको भएर घर फर्किएका छन् ।

गत डिसेम्बर महिनामा चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले अहिले विश्‍वनै आक्रान्त बनेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!