नेपाली वेलफेयर सोसाईटी युकेद्वारा चितवनमा पनि राहत वितरण

SHARE:

मधुकर गुरुङ, लण्डन । नेपाली वेलफेयर सोसाइटी युकेले चितवनको घैलाघारी सुकुम्बासी टोलमा पनि राहत वितवरण गरेको छ । गत मंगलबार ५ मे का दिन उदयपुरको भुल्केमा २० घर परिवारलाई राहत वितरण गरेको सोसाईटीले गत ७ मे बिहिबारका दिन भरतपुर महानगरपालिका वडा नंं. २३ अन्र्तगत घैलाघारीमा पनि फेरि २० घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको हो । गत ७ हप्ता देखि नेपालमा भएको लकडाउनबाट अत्यन्त प्रभावित प्रत्येक परिवारलाई ३० केजी चामल, ३ केजी दाल, नुन, तेल लगायतका सामाग्री वितरण गरेको सोसाईटीका अध्यक्ष धनबहादुर सार्कीले जानकारी दिएका छन् ।

उक्त राहत वितरण कार्यक्रममा वडा नं. २३ का वडाध्यक्ष नरनारायण पौडेल, नेकपाका नेता विष्णुकुमार नेपाली, नेपाली कांग्रेसका दोर्णप्रसाद शर्मा, मधुपुरी टोल विकास समितिका अध्यक्ष रविलाल विक, मनकामना साकोसका अध्यक्ष शम्भुराज भट्ट लगायतले उक्त सहयोगको प्रसंशा गरेको अध्यक्ष सार्कीले जनाए ।

गत नोभेम्बर २०१९ मा धनबहादुर सार्कीको अध्यक्षतामा स्थापना भएको नेपाली वेलफेयर सोसाईटीले कोरोना भाईरसबाट प्रभावितहरुलाई सहयोग गर्ने योजना अन्र्तगत उदयपुर पछि चितवनमा सहयोग पु¥याएको हो । सोसाईटीले लकडाउनका कारण अप्ठेरोमा परेकाहरुलाई पहिचान गरी वितरणको आवश्यक व्यवस्था मिलाईदिन संघीय मामिला तथा समन्वय प्रशासन मन्त्रालय अन्र्तगत उत्पीडित, उपेक्षित, दलित बर्ग उत्थान बिकास समितिका कार्यकारी निर्देशक डा. वुद्धि नेपालीलाई अनुरोध गरिएको र उनकै सिफारिशको आधारमा चितवनमा पनि राहत वितरण गरिएको सोसाईटीका अध्यक्ष सार्कीले जानकारी दिए ।

बेलायतमा समेत कोरोनाबाट प्रभावितहरुको सहयोगमा जुटिरहेको सोसाईटीले नेपालमा गरिने सहयोग अझै निरन्तरता दिईने अध्यक्ष सार्कीले बताए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!