नेपाली वेलफेयर सोसाइटी युकेद्वारा नेपालगञ्जमा समेत राहत वितरण

SHARE:

लिलामान शेरपुञ्जा, लण्डन । स्थापनाको ६ महिनामा टेक्दै गरेको नेपाली वेलफेयर सोसाइटी युकेले कोरोनाबाट प्रभावित नेपालगञ्जका २० घर परिवारलाई पनि खाद्यन्न सामाग्री वितरण गरेको छ । यसअघि उदयपुर, चितवन र स्याङ्जामा समेत वितरण गरिसकेको सोसाईटीले शनिबार २३ मे का दिन नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ का २० घर विपन्न प्रत्येक परिवारलाई २५ केजी चामल, ३ केजी दाल, १ लिटर लेन, नुन लगायतका खाद्यन्न सामाग्री वितरण गरेको हो । गत दुई महिनादेखि जारी लकडाउनका कारण समस्यामा परेका अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई उक्त खाद्यन्न वितरण गरेका हुन् ।

जुम प्रविधिको प्रयोग गरी स्थानीय वडा अध्यक्ष सुरेन्द्र कुमार गुप्तासंग सिधै बेलायतबाट सम्पर्क गरिएको उक्त राहत वितरण कार्यक्रममा गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङ, आइसीसि सदस्य तथा एनआरएनए युकेका निवर्तमान अध्यक्ष योगकुमार फगामी, वर्तमान उपाध्यक्षहरु सुनिल बाबु खड्का, रोजीना प्रधान राई, रामचन्द्र पोखरेल , मोहन कार्की, तमु धी युकेका अध्यक्ष नन्द जंग गुरुङ, चितवन एड ट्रष्टका अध्यक्ष जिवन सेन लगायतले सोसाईटीले गरेको कामको प्रसंशा गर्दै उक्त परियोजनालाई आर्थिक सहयोग समेत गर्ने विश्वास व्यक्त गरे । त्यस्तै, संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलितबर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपालीले काठमाण्डौंबाट स्वागत मन्तब्य प्रकट गर्दै हालसम्म सोसाईटीले विभिन्न प्रदेशमा राहत वितरण गरिएको जानकारी दिए ।
सो अवसरमा सोसाईटीका अध्यक्ष धनबहादुर सार्कीले सबै सहभागी अतिथिहरुलाई सहभागीताका लागि धन्यवाद दिए । उनले कोविड–१९ बाट निधन भएका सबै नेपालीहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै उपचारमा रहेकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरे । त्यस्तै, उनले कुनै पनि नेपाली भोगभोगै मर्न नपरोस् भन्दै सहयोगका लागि सबैमा अनुरोध गरे । साथै, उनले हालसम्म ४ वटा प्रदेशमा वितरण गरिएको बताउदै बाँकी प्रदेशमा पनि छिट्टै राहत वितरण गरिने बताए ।
नेपालगंज उपनगरपालिका–८ का वडाध्यक्ष सुरेन्द्र कुमार गुप्ता, दिपक गुप्ता, विवेक बाजपेयी, अमन गुप्ता लगायतको बिशेष उपस्थितिमा राहत वितरण गरिएको थियो । सो अवसरमा वडा अध्यक्ष गुप्ता लगायतले सोसाईटीले गरेको सहयोगको प्रसंशा समेत गरे । त्यस्तै, सो कार्यक्रममा नेपाली वेलफेयर सोसाईटी युकेका सल्लाहकार उदिबहादुर नेपाली, नेपाली वेलफेयर सोसाईटी युकेका सदस्य तेजेन्द्र गुरुङको समेत भर्चुयल सहभागी भएका थिए ।
नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष धनबहादुर सार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई एनआरएनए युकेका सचिव जित रानाभाटले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!