‘ग्लोबल स्पीज कन्टेस्ट’मा बेलायतकी आचार्य तेस्रो हुन सफल

SHARE:

लन्डन साउन २७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासीफिकको युवा कमिटीको आयोजनामा आइतबार सम्पन्न वक्तृत्वकला (ग्लोबल स्पीज कन्टेस्ट) प्रतियोगितामा म्यानमारकी अभिलाषा खतिवडा पहिलो, बेलायतकी टिया आचार्य तेस्रो हुन सफल भएकी छन् ।

अगस्ट आइतबार भएको ‘ग्लोबल स्पीज कन्टेस्ट’मा २९ देशका ६१ जनालाई उछिन्दै खतिवडा पहिलो, रसियाकी समिरा केसी दोस्रो र बेलायतकी आचार्य तेस्रो भएकी हुन् । प्रतियोगितामा ‘राष्ट्रको लागि मेरो सपना’शीर्षक दिइएको थियो ।

प्रतियोगितमा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ६० हजार, तेस्रो हुनेले ४० हजार रुपैयाँ र प्रमाणपत्र पाएका छन् ।

गैर आवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङले बेलायतको प्रतिनिधित्व गरेकी आचार्यसहित विजेता तथा उपविजेताहरुलाई बधाई दिएकी छन् । ‘२९ देशका ६१ जना प्रतियोगी बीच भएको प्रतिस्पर्धामा आचार्यले तेस्रो स्थान हासिल गरेर बेलायतस्थित नेपाली समुदायको शिर उच्च पारेकी छन्’, अध्यक्ष गुरुङले फेसबुकमा लेखेकी छिन्, ‘यस्तै म्यानमारकी अभिलासा खडिवडाले पहिलो र रसियाकी समिरा केसीले दोस्रो भएकी छन् । दोस्रो पुस्तालाई गैरआवासीय नेपाली संघको अभियानमा जोड्ने उद्देश्यले आयोजित सो कार्यक्रममा सहभागी, विजेता तथा उपविजेताहरुप्रति गैरआवासीय नेपाली संघ यूके हार्दिक बधाई ज्ञापन गर्दछ ।’

अध्यक्ष गुरुङले उक्त कार्यक्रमले गैरआवासीय नेपाली अभियानमा दोस्रो पुस्ताका लागि ढोका खोलिदिएको भन्दै अबको भविष्य दोस्रो पुस्ताकै हातमा छन् । अहिलेको पुस्ताभन्दा नयाँ पुस्ता निकै अगाडि र अझ सबल रहेको बताएकी छन् ।

प्रतियोगितामा अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्यान्ड, अमेरिका, यूएई र यूकेका प्रतियोगी सहभागी भएका थिए

प्रतियोगितमा सञ्चारकर्मी समा थापा, हास्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी र सदीक्षा श्रेष्ठ, एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारसमणि पोखरेल निर्णयक मण्डलमा थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!