म्याग्दी, तनहुँ र गुल्मीका बाढीपहिरो पीडितलाई ग्रीनवीच भलिबल परिवारको १ लाख सहयोग

SHARE:

लन्डन २९ साउन । साउथ ईष्ट लन्डनमा सक्रिय ग्रीनवीच भलिबल परिवारले नेपालका म्याग्दी, तनहुँ र गुल्मीका बाढीपहिरो पीडितलाई झन्डै एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । हालै बाढीपहिरोबाट प्रभावित विभिन्न ३ जिल्लामा झन्डै १ लाख रुपैयाँ सहयोग पठाइएको हो ।

उक्त समूहका सचिव कृष्ण खरेलका अनुसार ग्रीनवीच भलिबल परिवारका तर्फबाट म्याग्दीमा २ सय १० पाउन्ड, तनहुँमा २ सय १० र गुल्मीमा २ सय १० सहयोग प्रदान गरिएको हो । आफ्नै सदस्यहरुबीच रकम संकलन गरेर नेपालमा सहयोग पठाएको सचिव खरेलले प्रस्ट्याए ।

साउथ ईष्ट लन्डनका नेपाली युवाहरुको भलिबल क्लबका रुपमा केही वर्षदेखि सक्रिय रहंदै आएको ग्रीनवीच भलिबल परिवारका अध्यक्षमा रविन्द्र रोका छन् । समूहकै संयोजनमा सामाजिक कार्यमा सहयोग समेत गर्न थालिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!