तमुधिं यूकेले यस वर्ष नेपाली मेला नगर्ने, आगामी वर्ष भव्य रुपमा मनाउने वाचा

SHARE:

लन्डन ३० साउन । बेलायतमा लोकप्रिय रहेको नेपाली मेला स्थगन भएको छ । तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा हुने नेपाली मेला यस वर्ष स्थगन भएको औपचारिक जानकारी दिएको हो ।

तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङले विज्ञप्ति निकालेर कोभिड १९ बाट सृजित परिस्थितिका कारण यही अगस्ट ३०, २०२० मा केम्प्टन पार्क, स्टेन्स रोड, सन्बरी अन थेम्समा निर्धारित नेपाली मेला स्थगन भएको जानकारी दिएका हुन् । तमुधिं यूकेले नेपाली मेलाप्रति देखाएको चासो र मायाका लागि विशेष आभार व्यक्त गर्दै आगामी वर्ष २०२१ मा पुनः भव्य रुपमा मेला गरिने जनाएको छ ।

लन्डनमा ११ वर्षदेखि वर्षेनी नेपाली मेला हुँदै आएको छ । लन्डनस्थित नेपाली दूतावासले पनि नेपाली कला, संस्कृति, रहनसहन, भेषभूषा झल्काउने र धर्म, परम्परा जीवन्त राख्ने उक्त मेलालाई विशेष चासो दिने गरेको छ । मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्रीका स्टल पनि राख्ने गरिन्छ । सो अवसरमा नेपाली मौलिक कला संस्कृति झल्कने नृत्य प्रतिष्पर्धा, विभिन्न जातजातीको झांकी र युवाहरुले आफ्नै ढंगले गीत संगीत प्रस्तुत गर्ने गर्छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!