
लन्डन ३२ साउन । बेलायतको अल्डरसटमा निर्माणाधीन प्रथम गोरखा भिसी कुलवीर थापाको सालिकका लागि यहाँका विभिन्न संस्थाले
४ हजार २ सयभन्दा बढी पाउन्ड सहयोग गरेका छन् ।
तनहुँ समाज यूकेले १ हजार १११ पाउन्ड, नेपाली गोरखा कम्युनिटी क्याट्रिकका अध्यक्ष बेनीकुमार गुरुङ र उनकी श्रीमतीले १ हजार १११ पाउन्ड ११ पेन्स, कोल्मा बहाकोट समाज यूके १ हजार १ पाउन्ड र चितवन परिवार यूकेले १ हजार १ पाउन्ड सहयोग हस्तान्तरण गरेका हुन् ।
तनहुँ समाजका अध्यक्ष लेख गुरुङका अनुसार सहयोग आफू, उपाध्यक्ष केशरबहादुर राना र कोषाध्यक्ष कृष्णबहादुर थापाले शनिबार सालिक निर्माणको अगुवाइ गरिरहेको ग्रेटर रसमुर नेप्लिज कम्युनिटीका अध्यक्ष रामधन राईलाई हस्तान्तरण गरिएको हो । समाजका सदस्यहरुबाट सहयोग संकलन गरी हस्तान्तरण गरेको उनले बताए ।
कोल्मा बहाकोट समाज यूकेका तर्फबाट अध्यक्ष सुरेशकुमार गुरुङ, उपाध्यक्ष कृष्ण गुरुङ, कोषाध्यक्ष महेन्द्र गुरुङले दिएका हुन् भन् भने चितवन परिवार यूकेका तर्फबाट अध्यक्ष निशा शर्मा, सचिव धन सार्की र कोषाध्यक्ष भक्त क्षेत्रीले सहयोग हस्तान्तरण गरेका हुन् ।






