कोरोना कोषमा बेलायतका व्यवसायीले दिए १५ लाख

SHARE:

लन्डन २ भदौ । नेपाल सरकारको कोरोना राहत कोषलाई बेलायतका व्यवसायी रवीजंग लामिछानेले १५ लाख सहयोग दिएका छन् । उनले कोरोना भाइरस (कोभिड १९) रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी सरकारी कोषमा १५ लाख १७ हजार ७२७ रुपैयाँ सहयोग गरेका हुन् । सहयोग रकमको चेक सोमबार रक्षा मन्त्रालयमा एक कार्यक्रममा उनका दाजु महेन्द्रजंग लामिछाने, प्राध्यापक डा. खड्ग केसी, नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका उपाध्यक्ष महन्त श्रेष्ठलगायतले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरे।

व्यवसायी लामिछानेले ०७२ सालको भूकम्पको बेला पनि ५१ लाख रुपैयाँ सहयोग गरेका थिए । सहयोग रकम बुझ्दै उपप्रधानमन्त्री पोखरेलले कोरोनाका नाममा कुनै पनि अनियमितता नभएको बताउँदै उनले सबै खर्च पारदर्शी भएको दाबी गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!