अक्सफोर्ड युनिभर्सिटीमा भएको प्रतियोगितामा लिम्बुलाई मार्टिन स्टार्की र डार्ट पुरस्कार

SHARE:

लन्डन ५ भदौ । अक्सफोर्ड युनिभर्सिटी पोइट्री सोसाइटीले आयोजना गरेको प्रतियोगितामा मार्टिन स्टार्की र डार्ट पुरस्कार नेपाली मूलका मुकाहाङ लिम्बुले जितेका छन् ।

लिम्बुको कविता ‘रिपब्लिक अफ म्याकारेल’ले मार्टिन स्टार्की र मिकेला कोपलेनको ‘माउण्ट निराकगोन्गो’ शीर्षकको कविताले दोस्रो र लुसी थाइनको ‘इट वजन्ट सो मच’ शीर्षकको कविताले तेस्रो स्थान पाएको सोसाइटीले जनाएको छ ।

डार्ट पुरस्कारतर्फ लिम्बुको ‘बोइज स्मेल’ शीर्षकको कविता प्रथम भएको छ भने भेट सिगर्टको ‘आवर लेडी अफ ला ट्रिनिडाड’ दोस्रो र मिकेला कोप्लेनको ‘सम टाइम्स आफ्ट अ लङ डे एट वक आई प्रिटेन्ड आइएम अ प्राइज विनिङ पोनी’ ले तेस्रो पुरस्कार जितेको छ ।

अक्सफोर्ड विश्वविद्यालयको क्वीन्स कलेजमा अंग्रेजी र जर्मनका स्नातकका विद्यार्थी लिम्बुले दुवै प्रतियोगिता जितेवापत ५०० पाउण्ड नगद पुरस्कार जितेका छन् । यसका साथै उनका कविताहरु सोसाइटीको ‘द आस’ नामक म्यागाजिनमा पनि प्रकाशन हुनेछ । प्रतियोगितामा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुले भाग लिन पाउँछन् ।

प्रतियोगितामा मुकाहाङले पठाएका तीन कवितामध्ये दुई वटाले प्रथम स्थान पाएको छ भने तेस्रो कविता पनि ‘सर्ट लिष्ट’मा परेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!