सहारा क्लब यूकेको अध्यक्षका बुवा काजीमान गुरुङको निधनले मर्माहित छु : एनआरएनए यूकेकी अध्यक्ष गुरुङ

SHARE:

लन्डन ५ भदौ । गैर आवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले सहारा क्लब यूकेका अध्यक्ष कुमार गुरुङका बुवा फार्नबोरो ह्यम्पसायर निवासी काजीमान गुरुङको निधनले आफू मर्माहित भएको बताएकी छन् ।

अध्यक्ष गुरुङले शुक्रबार एक सन्देश जारी गर्दै मृतक काजीमान गुरुङको मृतात्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेकी छन् । पूर्व ब्रिटिस आर्मीसमेत रहेका काजीमानको बिहीबार राति आफ्नै निवास फार्नबोरोमा ८० वर्षको उमेरमा निधन भएको थियो ।

‘सहारा क्लब यूकेको वर्तमान अध्यक्ष आदरणीय दाइ श्री कुमार गुरुङज्युको बुवा पुरानो ठेगाना धम्पुस, पोखरा सिमपानी बगर हाल फार्नबोरो ह्यम्पसायर निवासी श्री काजीमान गुरुङको गत राती आफ्नै निवासमा ८० बर्षको उमेरमा असमायीक निधन भएको खबरले मर्माहित भएकी छु,’ अध्यक्ष गुरुङले लेखिकी छन्, ‘वाथे श्री काजीमान गुरुङको दिवंगत मृत आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना प्रकट गर्दै धैर्य धारण गर्ने शक्ति प्रदानको लागी भगवान बुद्ध समक्ष प्रार्थना गर्दछु ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!