भारतमा आँधी र चट्याङ्का कारण मृत्यु हुनेको सङ्ख्या ४७

SHARE:

नयाँ दिल्ली । भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी कम्तिमा ४७ जनाको मृत्यु भएको यहाँका प्रकोप व्यवस्थापन अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

विगत २४ घण्टायता चट्याङ्सँगै भारी वर्षा भएपछि ठूलो सङ्ख्यामा मानवीय क्षति भएको छ भने बाढीका कारण कैयौँ खेतीयोग्य जमिन र नदी किनारामा रहेका वस्तीहरू प्रभावित बनेका छन् । पूर्वी भारतीय राज्य बिहारमा वर्षा र मेघगर्जनसहित चट्याङ पर्दा कम्तिमा १९ जनाको मृत्यु भएको झारखण्डका विपद् ब्यवस्थापन अधिकारी यागिन्दर सिंहले जानकारी दिए । मृतकमध्ये ११ जनाको चट्याङ लागेर मृत्यु भएको जनाइएको छ ।

त्यसैगरी भारतको घना जनसङ्ख्या रहेको उत्तर प्रदेशमा ७० किलोमिटर प्रतिघण्टाको रफ्तारले आएको हुरी र वर्षाका कारण १५ जनाको मृत्यु भएको उत्तर प्रदेशका विपद् व्यवस्थापन विभागका अधिकारी टि पी गुप्ताले बताए । उक्त प्राकृतिक विपद्का कारण कम्तिमा १० जना घाइते भएका बताइएको छ ।

भारतकै अर्को प्रदेश झारखण्डमा १३ पनि विपद्का कारण केही व्यक्तिको ज्यान गुमेको खबर भारतीय सञ्चारमाध्यमले दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!