लन्डन ८ भदौ । पूर्वसिक्स जीआर आर्मी नम्बर 21148388 सार्जन धम्पुस पोखरीका स्वर्गीय काजीमान गुरुङ (तमु)को सिम्हिकैँ (मृतकको खाना) ३ दिने कार्य सम्पन्न भएको छ ।
अडरसटस्थित बीबीसी यूकेको गुम्बामा सोमबार स्वर्गीय काजीमान गुरुङ (तमु)को सिम्हिकैँ सम्पन्न गरिएको हो । सिम्हिकैंमा धर्मगुरु, बेलायतमा रहेका आफन्त, शुभचिन्तक लगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागीले कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी समेत कायम गरेका थिए ।
दिवंगत काजीमान गुरुङ सहारा यूकेका अध्यक्ष कुमार गुरुङका पिता हुन् । काजीमानको शुक्रबार बिहान ८० वर्षको उमेरमा निधन भएको थियो । कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुस पोखरी पुर्ख्यौली घरभई हाल बेलायतमा बस्दै आएका गुरुङको लामो समयदेखि स्वास्थ्यमा समस्या रहेको थियो । पोखरा वगर सिमपानीसमेत घर भएका रिटायर्ड ब्रिटिस आर्मी गुरुङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।











तस्बिर : मिलन तमु






