तमुधिं यूकेका उपाध्यक्ष जुमकाजी गुरुङलाई मातृशोक

SHARE:

लन्डन ९ भदौ । तमुधिं यूकेका उपाध्यक्ष जुमकाजी गुरुङलाई मातृशोक परेको छ । उनका ८५ वर्षीया आमा मनसुवा गुरुङको आफ्नै निवास फार्नबोरोमा सोमबार निधन भएको हो ।

गुरुङ परिवार पुरानो गाउँ ताङ्ले अनि रामबजार, पोखरा हुँदै लामो समय फार्नबोरो यूकेमा नै स्थायी बसोबास गर्दै आएका छन् ।

यसैबीच मनसुवा गुरुङको निधनमा खेन्पो शिर लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङ, गोर्खा मिडिया यूकेका प्रबन्ध निर्देशक मिलन तमु लगायत विभिन्न संस्था/ व्यक्तिको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

खेन्पो शिर लामाले मन सुबा गुरुङको निधनको खबरले आफू लगायत बौद्ध सदन संघ परिवारलाई स्तब्ध बनाएको जनाएको छ । उनले सामाजिक सञ्जालमा जारी शोक वक्तव्यमा उल्लेख छ ‘स्व: मन सुबा गुरुङ बजैको दिवंगत चित्ताले अन्तराभवको (बर्दो) सम्पूर्ण दु:खहरुबाट मुक्तभई महासुखावती बुद्ध भूमिमा जन्म प्राप्त गरुन् । शोक सन्तप्त परिवारजनमा जुमकाजी गुरुङ र माइजू कमला गुरुङलगायत सपरिवारप्रति हार्दिक संवेदना प्रकट गर्दछु ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!