लन्डन ११ भदौ । स्वर्गीय मनसुबा तमुको सिम्हिकैँ (मृतकको खाना) ३ दिने कार्य सम्पन्न भएको छ ।
बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) को गुम्बामा बिहीबार स्व मनसुबा तमुको सिम्हिकैँ कार्य गरिएको थियो । उक्त संस्कारमा तमुधिं युकेका विभिन्न पदाधिकारी, अन्य संस्थाका व्यक्तिहरु, आफन्तजनहरुको उपस्थिति थियो ।
तमुधिं यूकेका उपाध्यक्ष जुमकाजी गुरुङका आमा ८५ वर्षीया आमा मनसुवा गुरुङको आफ्नै निवास फार्नबोरोमा सोमबार निधन भएको हो । गुरुङ परिवार पुरानो गाउँ ताङ्ले अनि रामबजार, पोखरा हुँदै लामो समय फार्नबोरो यूकेमा नै स्थायी बसोबास गर्दै आएका छन् ।











तस्बिर : मिलन तमु






