फोनिज यूकेद्वारा पूर्वमहासचिव खुशी लिम्बुलाई कारबाही, साधारण सदस्यबाट समेत निष्कासित

SHARE:

लन्डन ११ भदौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले पूर्वमहासचिव खुशी लिम्बुलाई कारबाही गर्दै साधारण सदस्यबाट समेत निष्काशन गरेको छ ।

गैरजिम्मेवारीपूर्ण गतिविधि र संस्थाको मानमर्दन गरेको ठहर गरी गत ८ अगस्ट २०२० को दिन फार्नबोरोमा बसेको फोनिज यूकेको बैठकले लिम्बूलाई कारबाही गरेको हो । दुई हप्ताको समयावधि दिएर स्पष्टिकरण मागे पनि कुनै स्पष्टीकरण वा प्रतिकृया नदिएपछि फोनिज यूकेले कठोर कदम चाल्दै साधारण सदस्यबाट समेत निस्कासन गरेको हो । लिम्बुले समय र परिस्थितिको फाइदा उठाउँदै सामाजिक संजाल र मिडियाहरुमार्फत फोनिज यूकेलाई आँच पुर्‍याउने उद्देश्यले त्रुटिपूर्ण समाचारहरु सम्प्रेषण गर्दै आएको फोनिज यूकेको दाबी छ ।

जसमध्ये ९ मार्च २०२० मा नेपाल संसार डटकम र १० मार्च २०२० मा डेनमार्क डटनेटमा प्रकाशित लिम्बुद्वारा उपलब्ध गराइएको समाचारमा ‘फोनिज यूकेका आधाभन्दा बढी सदस्यले राजीनामा दिएकोले महासंघ लंगडो भएको’ झूठो भन्ने दाबी गरिएको छ । फोनिज यूकेले सो समाचारका बारेमा स्पष्टीकरण दिन उनलाई पत्राचार गरेको थियो ।

यस्तैगरी, नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन)को महासचिव समेत रहेका उनले ६ अगष्ट २०२० का दिन फोनिज यूकेको सामाजिक सञ्जालमा ८ अगस्त २०२० मा हुने भनिएको फोनिज यूकेको बैठकलाई इङ्गित गर्दै .’…संस्थालाई टुक्र्याउने असफल प्रयासपछि फोनिज यूके अध्यक्षको आँखा अब नेफिन यूकेमा’ भन्ने शीर्षकमा फोनिज यूके र यसका अध्यक्षप्रति आपत्तिजनक लान्छना लगाएको फोनिज यूकेले बताएको छ । सो पोष्टका बारेमा प्रष्ट पार्न फोनिज यूकेले नेफिन यूकेलाई पनि पत्राचार गरिसकेको पनि बताइएको छ ।

लिम्बुले फोनिज यूकेको महासचिव पदमा बहाल रहँदा १२ मार्च २०१८ सालमा नेपाल पत्रकार महासंघ, बेलायतको सदस्यता वितरण र नविकरणको विषयमा अध्यक्षलगायत कुनै पनि पदाधिकारीहरुसँग सल्लाह नगरी मध्यरातमा आफूखुशी फोनिज यूकेको लोगो दुरुपयोग गरी अनाधिकारिक विज्ञप्ति जारी गरेका थिए । त्यसपश्चात फोनिज यूकेले सो विज्ञप्तिको बारेमा बुझ्न खोज्दा उनले कुनै सकारात्मक प्रतिकृया नदिई आफ्नै मनोमानीमा फोनिज यूकेको प्रतिष्ठामा आँच आउने काम गर्न थालेपछि फोनिज यूकेको कार्यसमितिका पदाधिकारीहरुसँग उनको विवाद बढ्न थालेको थियो । यसपछि ९ सेप्टेम्बर २०१९ देखि लगातार आठ महिना कुनै पनि आधिकारिक जानकारी बिना महासचिवजस्तो गरिमामय पदमा रहेको व्यक्ति संघको काम ठप्प हुने गरी महासंघको सम्पूर्ण कागजपत्र आफैंले कब्जा गरी संस्थाले गर्नुपर्ने सम्पूर्ण काममा भाँजो हाल्ने काम गरेको फोनिज यूकेको आरोप छ ।

उक्त समयावधिमा फोनिज यूकेले मुखपत्र निकाल्न लागेको थियो । यस्तो अवस्थामा कार्यसमितिका विभिन्न सदस्यहरुले फोन र ईमेलमार्फत बारम्बार ताकेता गरी सोध्दा कुनै जवाफ नदिई निश्कृय रहेर महासंघलाई निस्क्रिय अवस्थामा राखेका लिम्बुले अचानक आठ महिनापश्चात फोनिज यूकेका अध्यक्षलाई नभई लिम्बु पत्रकार संघ बेलायतलाई सम्बोधन गरी आफूले फोनिज यूकेको महासचिव पदबाट राजीनामा दिएको जानकारी दिएका थिए ।
स्मरण रहोस् लिम्बुलाई सन् २०१८ सेप्टेम्बरमा नेपाल पत्रकार महासंघ बेलायतले पनि साधारण सदस्यबाट निष्कासित गरिसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!