नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख आरन स्वदेश फर्किए

SHARE:

तस्बिर : मिलन तमु

लन्डन १२ भदौ । चार वर्षे कार्यकाल पूरा गरेर नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरन बिहीबार स्वदेश फर्किएका छन् ।

दिउँसो पौने ३ बजे कतार एयरवेजमार्फत हिथ्रो टर्मिनल ५ बाट परिवारसहित नेपाल फर्किएका आरनलाई बिदाइ गर्न राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित दूतावास परिवार विमानस्थल पुगेको थियो । सन् २०१६ मा तेजबहादुर क्षेत्रीको ठाउँमा जिम्मेवारी सम्हाल्न लन्डन दूतावास आएका आरन नेपालीका जस्तो सुकै समस्यामा जुन बेला पनि फोन उठाएर सहयोग गर्ने खालका थिए ।

बेलायत रहँदा उनले भूतपूर्व गोर्खा मुद्दामा संयोजनकारी भूमिका निर्वाह गरे भने बेलायत र नेपालबीच विकास, व्यापार साझेदारी अभिवृद्धि र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने कार्यमा राजदूतलाई सघाएका थिए । उनी बेलायतमा मात्र नभइ माल्टा र आयरल्यान्डमा आफैं गएर त्यहाँ अध्ययन र रोजगारीको सिलसिलामा पुगेका नेपालीका समस्या र समाधानबारे चासो राखेर सहजीकरणको भूमिका पनि निभाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!