शोकमा रहेका कुमार गुरुङ र जुमकाजी गुरुङका परिवारलाई सहारा यूकेको समवेदना

SHARE:

लन्डन १२ भदौ । अभिभावक गुमेको शोकमा रहेका सहारा यूकेका अध्यक्ष कुमार गुरुङ र तमुधिं यूकेका उपाध्यक्ष जुमकाजी गुरुङका परिवारलाई सहारा यूकेको टोलीले भेटेर समवेदना प्रकट गरेको छ ।

सहाराका पूर्व र वर्तमान पदाधिकारी लगायतको टोलीले पितृशोकमा रहेका अध्यक्ष गुरुङ र मातृशोकमा रहेका उपाध्यक्ष गुरुङको फार्नबोरोस्थित घरमा पुगेर शुक्रबार मृतकहरुको आत्माले चीरशान्ति पाउन् भन्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेको हो । दुवै परिवारलाई भेट्न सहारा यूकेका संस्थापक नविन गुरुङ, निर्वतमान अधयक्ष मिनबहादुर गुरुङ, क्याप्टेन कृष्ण गुरुङ, महासचिव धनु थकाली, सहाराका एफसी चियरमेन कृष्ण गुरुङ, पूर्वसल्लाहकार तर्कजंग गुरुङ, सदस्य शान्त गुरुङ लगायत पुगेका थिए ।

अध्यक्ष कुमार गुरुङका पिता एवं पूर्व ब्रिटिस आर्मी काजीमान गुरुङको भदौ ५ गते र उपाध्यक्ष जुमकाजी गुरुङका आमा ८५ वर्षीय मनसुबा गुरुङको भदौ ८ गते निधन भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!