सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन यूकेको चौथो कार्यसमिति गठन

SHARE:

लन्डन १५ भदौ । सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन यूकेको चौथो कार्यसमिति गठन भएको छ ।

विधुतीय निर्वाचन प्रणालीमार्फत १५८ मतसहित संयुक्त श्रेष्ठ अध्यक्षमा निर्वाचित भएसँगै नेप्लिज इन्जिनियर्स इन यूकेको नयाँ कार्यसमिति गठन भएको हो । उनका प्रतिद्वन्द्वी सुबोध तिमिल्सिनाले केहि मतले पछि परे ।

उपाध्यक्षमा नारद भण्डारी (निर्विरोध), महासचिवमा डा. बिदुर घिमिरे (१०५ मत), सचिवमा डा. रोशन भट्टराई (१८१ मत) र कोषाध्यक्षमा श्रीमती रश्मी सिंह राणा (निर्विरोध) निर्वाचित भएका छन् ।

त्यसैगरि चार जना सदस्यमा हरि नेपाल, सुश्री मेघा पौडेल, सुश्री प्रियंका रेग्मी र विशाल राना निर्वाचित भए ।

संस्थाले पहिलोपटक निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहने छ । जुम प्रविधि प्रयोग गरी भएको अधिवेशनमा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरि परिमार्जित विधान समेत पारित भएको छ । संस्थामा बेलायतमा छरिएर रहेका २४२ नेपाली इन्जिनियर सदस्य छन्। चुनावमा २४१ जनाले मताधिकार प्रयोग गरेका उक्त संस्थाले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!