लन्डन १५ भदौ । स्याङ्जा समाज यूकेले सदस्यता ग्रहण गरिदिनु अनुरोध गरेको छ ।
समाजका उपाध्यक्ष तथा मेम्बरसिप कमिटीले सोमबार एक सूचना जारी गर्दै स्याङ्जा जिल्लावासी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई आफ्नो सदस्यता ग्रहण गरी दिन हार्दिक अनुरोध गरेको हो । ‘यस स्याङ्जा समाज यूकेले २६ जुलाई २०२० मा अध्यक्ष श्री शारदा गुरुङको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार मेम्बरसिप बिस्तार गर्ने निर्णय भएको हुँदा कृपया स्याङ्जा जिल्लाबासी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई आफ्नो सदस्यता ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं’ सूचनामा भनिएको छ ।
मेम्बरसीप कमिटीले हालसम्म सदस्यताका लागि नाम दिइसकेका सबैलाई धन्यवाद दिँदै आफ्नो साथी भाइहरुलाई समेत सदस्यता ग्रहण गर्न र गराउन सहयोग गरि दिन पनि अनुरोध गरेको छ ।
स्याङ्जा समाज यूके बेलायतमा स्थायी रूपमा बसोबास गर्दै आएका स्याङ्जा जिल्लावासी सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरु एकबद्धता भइ एउटै छाताभित्र आपसी सद्भभाव, मेलमिलाप कायम गरी संगठनात्मक रूपले आफ्नो जन्मभूमि र जिल्लावासीहरुको सधैं हक र हितमा काम गर्दै अगाडि बढ्ने उद्दश्यले सन् २०२० मा स्थापना भएको हो ।
समाजको सूचना
स्याङ्जा समाज युकेले मेम्बरसिप बिस्तार :
——————-
बेलायतमा स्थायी रूपमा बसोबास गर्दै आउनु भयेका स्याङ्जा जिल्ला बासी सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरु एकबद्दता भइ एउटै छाता भित्र आपसी सद्भाव, मेलमिलाप कायम गरि संगठनात्मक रूपले आफ्नो जन्म भुमि र जिल्ला बासीहरुको सधैं हक र हितमा काम गर्दै अगाडी बढ्ने उदेश्यले स्थापना भएको यस् स्याङ्जा समाज युकेले २६ जुलाई २०२० मा अध्यक्ष श्री शारदा गुरुङको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार मेम्बरसिप बिस्तार गर्ने निर्णय भएको हुँदा कृपया स्याङ्जा जिल्लाबासी सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाई आफ्नो सदस्यता ग्रहण गरि दिनु हुन हार्दिक अनुरोध
गर्दछौं ।
साथै आज सम्म जति पनि सदस्यताको लागि नाम दिइ सक्नु भएको छ यहाँहरु सबैलाई धन्यवाद दिदै आफ्नो साथी भाइहरुलाई समेत सदस्यता ग्रहण गर्न र गराउन सहयोग गरि दिनु हुन सबैलाई अनुरोध गर्दछौं ।
धन्यवाद ।
मेम्बरसिप कमिटी
स्याङ्जा समाज युके ।
(३१ अगस्ट २०२०)






