तमुधिं यूकेको टोलीले सल्लाहकार कुमार गुरुङ निवास पुगेर दियो समवेदना [तस्बिरहरु]

SHARE:

लन्डन १५ भदौ । तमुधिं यूकेका एक प्रतिनिधिमण्डलले पितृशोकमा रहेका सल्लाहकार तथा सहारा यूकेका अध्यक्ष कुमार गुरुङको निवास पुगेर समवेदना व्यक्त गरेका छन् ।

तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ, वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङ, उपाध्यक्ष उपाध्यक्ष हरि गुरुङ, महासचिव तुलाराम गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, आमा समूहकी अध्यक्ष जगतमाया गुरुङ, ह्यासायरको अध्यक्ष उत्तरबहादुर गुरुङ, कार्यसमिति र सल्लाहकार, साथीहरु, पूर्व प्रअ एवं साहित्यकार एकेन्द्र गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं फोटोग्राफर मिलन तमु लगायत सोमबार सल्लाहकार तथा अध्यक्ष कुमार गुरुङको फार्नबोरोस्थित निवास पुगेर शोकसन्तप्त परिवारलाई स्याइँ स्याइँ र सान्त्वना दिएका हुन् । टोलीले स्वर्गीय पूर्व ब्रिटस आर्मी समेत रहेका काजीमान गुरुङको मृतात्माले चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गरेको छ ।

अध्यक्ष कुमार गुरुङका पिता एवं पूर्व ब्रिटिस आर्मी काजीमान गुरुङको भदौ ५ गते निधन भएको हो । मृतक गुरुङ ८० वर्षका थिए । कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुस पोखरी पुर्ख्यौली घरभई हाल बेलायतमा बस्दै आएका गुरुङको लामो समयदेखि स्वास्थ्यमा समस्या रहेको थियो ।

तस्बिर : मिलन तमु

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!