
लन्डन १५ भदौ । एनआरएनए यूकेको प्रत्यक्ष कार्यसमिति बैठकले जिम्मेवारी बाँडफाँड र विभिन्न समितिहरु गठन गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बेलायतमा लागू गरिएको लकडाउनका कारण करिब ६ महिनापछि आइतबार लन्डनमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको हो । पुनम गुरुङको अध्यक्षतामा बसेको बैठकमा कार्यसमितिका १९ र आइसीसी सदस्य लगायत करिब दुई दर्जन सहभागी थिए ।
अध्यक्ष गुरुङका अनुसार
१ संघलाई च्यारिटीमा दर्ता गर्ने सम्बन्धमा उपाध्यक्ष सुनिलबाबु खडकाले संयोजन गर्ने गरी प्रक्रिया अगाडि बढाउने । संघसंस्था प्रतिनिधि बैठक (काउन्सिल बैठक) समन्वय गर्ने जिम्मेवारी उपाध्यक्ष रोजिना प्रधान राईलाई दिइएको छ । तर, बैठक परिस्थिति सहज भएपछि हुनेछ ।
२ अल्डरसटमा बन्न लागेको पहिलो गोर्खा भिसी कुलविर थापाको सालिक स्थापनार्थ सहयोग गर्न उपाध्यक्ष सुनील खड्कालाई सहयोग संकलन गर्ने जिम्मा दिइएको छ ।
३ नारायण कँडेल संयोजकत्वमा विधान संशोधन समिति गठन । समिति सदस्यहरु सरस्वती केसी, डा. रामकुमार अधिकारी, रामशरण सिम्खडा, दयानिधि सापकोटा, महेश गुरुङ एवं सदस्य सचिवमा नारायण गाउँलेको नाम प्रस्तावसहित अनुमोदन ।
४ अनुशासन समिति गठन गरेको छ । जुन समितिको संयोजकमा संघका संरक्षक एवं पूर्वअध्यक्ष महेन्द्र कँडेलसहित ५ सदस्य रहनेछन् ।
५ पाँच सदस्यीय लेखा समिति गठन गरेको छ । समितिमा कोषाध्यक्ष तेजेन्द्र रोकामगर, शेरबहादुर सुनार, एलएन घिमिरे, दीपक गुरुङ र शर्मिला हिराचन थकाली छन् ।
६ गत कार्यकालको आर्थिक प्रतिवेदनमाथि जाँचबुझ गर्न समिति पनि गठन गरेको छ । गत जनवरी १९ को कार्यसमिति बैठकको निर्णय समेतलाई आधार मान्दै स्वतन्त्र जाँचबुझ समिति गठन गर्ने निर्णय भएको थियो । समिति एलएन पाण्डे, बुद्धि गुरुङ र डा. मुकुन्द बास्तोला गरी तीन सदस्यीय छ । उक्त समितिले ४ साताभित्र जांचबुझ प्रतिवेदन कार्यसमितिसमक्ष प्रस्तुत गर्ने गरि समयसीमा निर्धारण गरिएको छ ।
७ बैठकमा कोषाध्यक्ष तेजेन्द्र रोकामगरले आम्दानी खर्च विवरण प्रस्तुत गरेका थिए । अब त्रैमासिक रुपमा आर्थिक प्रतिवेदन पेश गर्ने निर्णय गरिएको छ ।






